कृष्ण पहाडीको २७ औँ पुस्तक प्रकाशित
|“विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ । त्यसैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु मैले आवश्यक ठानेँ र त्यसविरुद्ध उभिएँ । आज पनि म हिंसा, घृणा र विखण्डनविरुद्ध हुंकार गर्छु र त्यसका पृष्ठपोषकहरू विरुद्ध आजीवन लडिरहने प्रण गर्छु ।” – कृष्ण पहाडी
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका विशेष आलेखहरुको संग्रह “युद्ध निषेध स् शान्ति विशेष” प्रकाशित भएको छ । पहाडीद्वारा लिखित यो २७ औँ पुस्तक हो । शान्ति समाजका १३ जना सदस्यहरुको सहयोगमा यो पुस्तक मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो ।
विभिन्न शक्ति राष्ट्रहरुको घोषित–अघोषित नेपाल नीति, सुरक्षा र सामरिक महत्वका विषयमा गत एक वर्षमा प्रकाशित पहाडीका चर्चित १७ वटा लेखहरु यो सङ्ग्रहमा समाविष्ट छन् । शान्तिको पक्षमा, हिंसा र युद्धको विपक्षमा समर्पित यो महत्वपूर्ण पुस्तक बिक्रीबाट प्राप्त हुने रकम शान्ति समाजको अभियान÷कार्यक्रम सञ्चालनमा खर्च गरिने छ । पुस्तकको मुल्य रु। ३०० रहेको जानकारी समाजका तर्फबाट अक्टोबर १ तारिखमा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।