मन छ

फैलाएर मन मुटु तिमीसम्म पुग्न मन छ
जिन्दगीका सबै खुशी सँग-सँगै छुन मन छ
पखेरामा फुलेकि छ्यौ वारी म छु बिचमा खोला
मैलो चादर त्यै खोलामा दूवै मिली धुन मन छ।

संसारलाई ढाकेको छ अनन्त यो बतासले
हेर्ने रहर छेकेकोछ जिन्दगीको हतासले
पाईलाहरु अधि बढाउँ मौसममा न्यानो पन छ
मैलो चादर त्यै खोलामा दूवै मिली धुन मन छ।

साँझ पर्दा छुट्टिई बस्ने चखेवाको जोडी हुन्छ
दुई मुटुको मिलन हाम्रो समयलाई फोडि हुन्छ
त्यै जोडीलाई बिछोड नै मिलाउने धुन बन्छ
मैलो चादर त्यै खोलामा दूवै मिली धुन मन छ।

फैलाएर मन मुटु तिमीसम्म पुग्न मन छ
मैलो चादर त्यै खोलामा दूवै मिली धुन मन छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *