आउनुस् ! स्वदेशी-विदेशी लुटेराहरुको विरुद्धमा हातेमालो गरौं
|“नेपाल र भुटान इण्डियातिर नढल्कि सुखै छैन भन्ने इण्डियन सेनाप्रमुखको अभिव्यक्ति नेपाल विरुद्धको भावि षडयन्त्रमा आधारित छ । मैले पाएको सूचना अनुसार २ नं. प्रदेशको सत्तामा बसेका विहारीहरुलाई प्रयोग गरेर काठमाण्डौंसँग वार्गेनिङ्ग गर्ने तिनीहरुले बनाएको रणनीति ।
१.पहिलो चरणमा केन्द्रसँग विवादको वहानामा अवज्ञाका गतिविधिहरु चलाउँदै जाने । यहि योजना अन्तर्गत इण्डियनहरुले रक्षाबन्धनको विदाको निहुँमा राष्ट्रबैंकको स्थानीय कार्यालयमा तालाबन्दी गराएका थिए ।
२.अवज्ञाका गतिविधिहरुलाई चर्काएर दोस्रो चरणको केन्द्रको निर्देशन नमान्ने घोषणा गर्न लगाउने ।
३.तेस्रो चरणमा कथित मधेश सरकार स्वतन्त्र रहेको घोषणा गर्न लगाउने ।
४.यी चरणवद्ध योजनाहरु सँगै केन्द्रसँग वार्गेनिङ गरेर नेपालबाट लुट्ने चिज र अन्तर्राष्ट्रिय सम्बन्धका वारेमा नेपाललाई आफ्नो योजनामा आत्मसमर्पण गराउने । यो अनुमान होइन । यथार्थ सूचना हो । यो इण्डियन योजनासँग दलका दलालहरु र देश रक्षाको अभिनय गर्दै आएको सेनाको नेतृत्वले कसरी डिल गर्ने तयारी गरेको छ भन्ने कुरा पनि देखिनेछ ।”
– भरत दाहाल, राजनैतिक विश्लेषक/२०७५, असोज २ सोमबार/फेसबुक
मलाई यसबेला असजिलो महसुस भइरहेकोछ । के कुरा भन्न वाध्य छु भने राजा वीरेन्द्रको हत्यापछि देशमा अमन शान्तिको दिन गएको छ । मुलुक शनै–शनै भारतीय शासन सत्ताको दुःसाहस डालोमा पसिरहेको छ । यो पस्ने क्रम निरन्तर जारी छ । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक भएको कुरा भारतीय सेना प्रमुखलाई ज्ञान छैन ? नेपालको स्वतन्त्रता उनलाई बिझाएको छ । भारतीय दादागिरीको ध्वाँसलाई हामीले जहिले पनि स्वीकार्नु पर्ने, ती वाध्यात्मक स्थिति रहेन । हाम्रो राष्ट्र बचाउका लागि भारतीय शासनले जसरी रुन्चे र पिन्चे स्वभाव देखाउँछ र नाकावन्दीको भाषामा ऊ उत्रिन्छ । सत्तामा रहेका व्यक्तित्वहरु पनि भारतीय थिचोमिचो प्रति उदासिनताको जवाफ दिनका लागि जतिबेला पनि तम्तयार भएर बसेका हुन्छन् । त्यति मात्र होइन उतैबाट लगााइ अराएको कार्य गर्न आदेशको प्रतिपालनामा दास झैं झुकेर आफ्ना घृणित हर्कत देखाउँछन् । यी यस्ता हर्कतहरु हाम्रा नौकरशाहीहरुमा देखा परेका छन् । ती हर्कत नेताका रुपमा पनि सरेका छन् ।
भारतीय सेना प्रमुखप्रति फटकार
भारतीय सेनाप्रमुखले आफ्नो हैसियत बिर्सिएका छन् । हाम्रो विवशता र बाध्यताको बखान एउटा सेना प्रमुखले फतर–फतर गरेर बोल्ने होइन । दुई देशको बीचमा मनमुटाव पोल्ने जस्ता कुरा सेनाप्रमुखले गर्ने होइन । सेनाप्रमुखले राजकीय कार्यमा हस्तक्षेपको भाषा बोल्नु निन्दनीय हो । सेना प्रमुखको यस किसिमको हर्कतपूर्ण अभिव्यक्तिका लागि भारतीय राजदूतावासलाई यसको जानकारी दिएर भारतीय सेनाप्रमुखप्रति फटकार लाउनु अनिवार्य भएको छ ।
भारतीय सेना प्रमुखलाई के कुरा अवगत नभएको हुनुपर्छ भने भारत र नेपाल दूवै संयुक्त राष्ट्रसंघका सदस्य हुन् । यी दुवैको हैसियत वरावरीको अवस्थामा छ । भारतीय दादागिरी तथा छिमेकी ठूल्दाजुको भूमिकालाई संयुक्त राष्ट्रसंघले चिन्दैन भन्ने कुराको पनि हेक्का नरहेको हुनुपर्छ । भारतीय सेना प्रमुखको जिम्मेवार तहमा पुगेर छिमेकी देशप्रति जसरी होच्याएर बोलेका छन् त्यसका लागि उनले माफी माग्नुपर्छ । आउँदा दिनमा यस किसिमका हेपाइती अभिव्यक्ति बोलिने छैन आदि कुराहरुका प्रतिबद्धता लिइनुपर्छ ।
भारतीय सेना प्रमुखले के कुरा बुझ्नु पर्छ भने देशको आयतन ठूलो हुने वित्तिकै संसारमा उसैको हैकमी चल्छ भनेर त्यसै किसिमको अनुकूलता खोजिएको हो भने ती सधैंका लागि टिक्दैन । तत्कालीन भारतीय शासक इन्दिरा गान्धीद्वारा डिजााइन गरिएर बनाइएको लिट्टेको सेनापति प्रभाकरणसँग इन्दिरा गान्धी गाँसिएर आएको कुरा स्पष्ट छ । अर्काको अहित चिताएर श्रीलंकाको स्थीतिलाई तनावग्रस्त पारेर, श्रीलङ्का विखण्डनको तानाबुनालाई श्रीलङ्काली जनताले परास्त गरेर छाडेको कुरा इतिहासमा कलमबद्ध भएका छन् । श्रीलङ्का भन्दा सयकडौं गुणा शक्तिशाली भारतीय सरकार बचे खुचेका भारतीय मिल्ट्री लिएर भारत वापसी भएको कुरा निकै भारतका लागि निक्कै ठूलो चाबुक छ भन्ने लागेको छ । भारतीय शासन व्यवस्था त्यसबेला निगुरमन्टी भएको थियो । भारतीय सेनाप्रमुखले नेपाल र भुटानप्रति जसरी हेपेर बोलेका छन् । ती हेपाइप्रति भारतीय सरकारबाट फटकारसहित चेतावनी दिइयोस् भन्ने हृदयङ्गम गरि आउने दिनमा यस किसिमका छिमेकी प्रतिको हरकत नदोहोरियोस् भन्ने कामना गर्दछौं ।
नेकपा एमालेको उल्टो गति
“… कुनै व्यक्ति विशेषलाई आरोपित गर्नुभन्दा पनि पार्टीमा सामुहिक नेतृत्वको प्रणाली हुनुपर्छ । कमिटी र सामुहिक नेतृत्व प्रणाली भएन भने कम्युनिष्ट पार्टीको ज्यान जान्छ । कमिटी प्रणालीलाई पार्टीको ज्यान मानिन्छ । यी कुरालाई अभ्यासमा ल्याउन छाडिए पार्टी संकटमा पर्छ । अहिले नेकपा भित्र भएको त्यही हो । जस्तै यत्रा मन्त्रीपरिषद् बन्यो पार्टीको कुनै कमिटीले निर्णय गरेको छैन ।योजना आयोग बन्दा कुनै कमिटीको निर्णय चाहिएन ।”
– झलनाथ खनाल, पूर्व प्रधानमन्त्री (एमाले)/ नेपाल साप्ताहिक, १४ असोज २०७५
कम्युनिष्ट पार्टीलाई व्यक्तिगत ढर्रामा चलाउन लागियो । आफूले जे गरेको त्यही ठीक हो, त्यही नै सत्य हो भनेर गरिदै लगियो भने त्यसलााई कम्युनिष्ट पार्टी भन्ने आधार रहँदैन । जस्तो माओवादीले आफूलाई कम्युनिष्ट पार्टी भनेर घोषणा त गर्यो तर त्यो कम्युनिष्ट पार्टी साँचो अर्थमा नेपाली जनता स्वतः स्फूर्त रुपमा लागेको थियो र ? कम्युनिष्ट पार्टीको संयोजनका लागि इशाइकरण र भारतीय साम्राज्यवादको विगविगीको अवस्थामा, भारतीय ‘रअ’को कलेवरमा जन्मिएको पार्टी थियो । त्यसबेला कम्युनिष्ट पार्टी माओवादीको वदनाम लगाउनु पनि थियो । चीनमा स्थापित कम्युनिष्ट पार्टीप्रति लान्छना लगाउन तथा नेपालमा एमाले कम्युनिष्ट पार्टीलाई पतन गराउने किसिमका तानाबुना बनिएर आएको एउटा ग्राण्ड डिजाइन थियो । नेपालबाट राजतन्त्र उन्मूलनका लागि कोरिएको ग्राण्ड डिजााइन पनि थियो ।
नेकपा एमालेको स्थापनाको जगमा तत्कालीन झापाली आन्दोलनमा सिमित व्यक्ति हत्या गरिएको थियो । ती हत्याका पाटाहरुलाई तत्कालीन मालेले फेरि त्यसलाई पुनरावृति हुन दिएन । तत्कालीन मालेका कम्युनिष्ट चरित्रको बाहुल्यता थियो । कम्युनिष्टको नाममा जे पनि गर्नु हुन्छ जे गर्दा पनि कम्युनिष्ट हुइन्छ भन्ने किसिमको सजधजबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको थिएन । संस्थापन कम्युनिष्ट पार्टीमा इमान्दारीता, देशभक्तिको प्रचुर मात्रा रहेको छ । लोभी, पापी, धनका लालचीहरुको त्यस किसिमको माहौलबाट धेरै माथि उठेको उदान्त जीवन दृष्टि बोकेकाहरु थिए । मार्क्सवादप्रति अथाह विश्वास र मार्क्सवाद लाई व्यवहारिक जीवनसँग तालमेल मिलाउने समर्पणका व्यक्तित्वहरुको घुलन थियो ।
एमालेका अध्यक्ष ओली यसबाला सत्ता मातमा दिग्भ्रमित भएका छन् । भ्रष्टाचारीको चौकडी भारत र यूरोपियनद्वारा खडा गरिएको ‘राउत’ प्रति ज्वाइँ जस्तो व्यवहारलाई बुझि नसक्नु मोह देखिएको छ । यसबेला एमालेको भोटो निकालेर नेकपामा आफूलाई प्रस्तुत गरिरहेको अवस्था छ ।
प्रचण्ड कम्युनिष्ट नै होइनन् । उनी मौसमनुसारको ट्युनिक फेर्ने उतेजक हुन् भन्ने घटना सन्दर्भहरुले पुष्टि गर्न थालेको छ । फूजेल हत्याकाण्ड अधिकारी दम्पतीको न्याय नपाउनुका पछाडि प्रचण्डको कनेक्सनलाई लिन सकिन्छ । व्यक्तिगत हत्यारालााई माओवादी कलेवरमा हत्यालााई पक्रनु भन्दा पहिले मलाई पक्रेर देखा भनेर दण्ड उन्मुक्तिको आवरणमा परिणत भएका थिए प्रचण्ड । त्यस समयदेखि नै फूजेल परिवारप्रति पहाड नै टुटेको छ । कम्युनिष्ट शासनमा यस किसिमको न्यायमा दरिद्रता संसारको कतै पनि देखिएको छैन होला । अन्यत्र कतै कहिल्यै पनि यस किसिमको घृणित कार्यले प्रोत्सान र थपथपाइ पाउँदैन ।
नेपाल कम्युनिष्ट पार्टी एमालेकै कारणबाट माओवादीसँग मिलेकै कारणबाट चुनावमा अपार सफलता हात लाग्यो । तत्कालीन एमालेले देशप्रति आम जनताप्रति उसले गरेका बोलकबोल कै कारण नेपाली जनताको मन जीत्न सफल भएको थियो ।
प्रचण्ड भनेको कम्युनिष्टको बर्को ओढेर नीति स्वार्थका लिप्सा तथा ऐतिहासिक कालका राजा, महाराजाले गरेको ऐश आराम मोजमजा प्रति अशान्तिलाई दोहोर्याउनु हो । प्रचण्ड आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन् । धैर्यता त उनीमा एक प्रतिशत पनि छैन ।
विगतमा ओलीको सरकार गिराउनका लागि प्रचण्डका हरकत यतिसम्म भए कि चीनका राष्ट्रपति नेपाल आउने समय तालिकालाई पनि पिछाडी धकेलि दिएका थिए । प्रचण्ड धनका सामानमा लोभी पापी भएको खुलासा विश्वको विकृत कम्युनिष्ट शासनका घृणित व्यक्तिको सूचीमा प्रचण्ड र वावुरामको नाम पनि आउँछ । समयको ओल्टो कोल्टो मात्र हो अन्तर्राष्ट्रिय अदालतमा १८,००० व्यक्तिको जीवन मरण हरणको जिम्मेवारीबाट यी दुई भाग्न सक्तैनन् । ढिलो चाँडो ती व्यक्तिको हत्याको लागि जिम्मेवारबाट मुक्त पाउन सक्दैन ।
नेपाल विमष्टेक सम्मेलनबाट थकाई मार्न नपाउँदै, नेपाल कम्युनिष्ट पार्टी संगठनको वेवास्ता गर्दै, आफू खुशी के.पी. ओली र आफूबीच भएको सहमतिका दोस्रो किस्तामा सत्तामा आफ्नो उपस्थिति अकाट्यता जाहेर गरेका छन् । सहमतिको सूचना दिन भारतीय प्रधानमन्त्री लगायत भारतीय मिडियामा छताछुल्ल पारेका थिए । कम्युनिष्ट पार्टी भनेको एक व्यक्तिको लहडमा चल्दैन । यो पार्टीको अधिनबाट यो चल्नुपर्छ । व्यक्ति केन्द्रित भएर चलेको पार्टी धेरै लामो बाटो तय गर्न सक्दैन । प्रचण्डद्वारा भारतीय शासन व्यवस्था प्रति उनको नतमस्तकतालाई बुझ्न गाह्रो नहोला । यो व्यबहारले त राष्ट्रियता प्रति प्रचण्डको देशभक्ति प्रति नै शंका उपशंका उठाएका छन् ।
प्रचण्डको मनमा के कुरा घर गरेको छ र त्यो सत्य पनि हो- प्रचण्ड यसबेला देश छोडेर बाहिर जान सक्दैनन् । उनले विगतमा माओवादीका नाममा १८,००० नेपालीको व्यक्ति हत्या भएको छ । यसको सम्पूर्ण दोषीको रुपमा प्रचण्ड र वावुराम कै संलग्नताका कारण चरितार्थलाई नकार्न सकिन्न । प्रचण्डका हार गुहारलाई यहाँ समेटेको छु ।
“… गत साता अफगानिस्तानबाट नेपाल आएको उच्चस्तरीय भ्रमण टोलीका सदस्यहरु समक्ष पनि प्रचण्डले आफू शान्ति पुरस्कारको हकदार भएको सङ्केत गरे । प्रचण्डले शान्ति पुरस्कार दिलाउनका लागि तपाईंहरुको पनि सहयोग हुनुपर्यो भनी अफगान टोलीसँग याचना गरेका थिए । तर अफगान टोलीका एक जिम्मेवार सदस्यले प्रचण्डलाई जवाफ फर्काउँदै भने ‘तपाईंले जे गर्नु भएको भए पनि अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वकालका घटनाहरु सजिलै बिर्सन सक्दैन । हरेक कुराको रेकर्ड अन्तर्राष्ट्रिय समुदायले राखेका हुन्छन् ।’ प्रचण्डलाई सो भन्ने व्यक्ति तालिवान सरकारको समयमा अफगानिस्तानका तर्फबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए । उनका मुखबाट यस्तो कुरा सुनेर प्रचण्ड स्तब्ध भएका थिए ।” -घटना र विचार/२०७५ असोज ३ बुधवार
“चीनका राष्ट्रपतिले भनेजस्तै धनका लोभी पापीहरु कम्युनिष्ट पार्टीमा नलागेकै राम्रो हो ।” प्रचण्डले खेलेका नाटक दृश्य मन्चनमा पाएको भारतीय सत्कार, सम्मान तथा उनीप्रतिको व्यवहारले के कुराको सङ्केत गरेको छ त्यो स्पष्ट छ । भारतीय सत्तासीनहरु के.पी. ओलीको विदाइमा प्रचण्डको पुनरागमन खोजी रहेका छन् त्यो स्पष्टताका साथ आएको पनि छ । यसमा फुटाऊ र हत्याउको रणनीतिले मात्र होइन नेताहरुबीचको अपारदर्शी व्यबहार र आपसी कटुताले पनि मलजल गरेको छ ।
चीनले प्रचण्डको वहुरङ्गी रुपमा कसैको काँधमा चढेर शिकार खेल्ने चाहना माथि तुषारोपात गरेको छ । नेपालमा तत्कालीन चिनियाँ राष्ट्रपतिलाई नेपालमा आउन नदिने भूमिकाको नेपाली काङ्ग्रेसको लहैलहमा जोकरको रुपमा प्रयोग भएका कुरालाई नकार्न सकिन्न । चीनको नेपालमा अस्थिर सरकार होस् भन्ने चाहना नै छैन । नेपालमा स्थीर सरकार भएको हेर्न चाहन्छ चीन। चीन नेपालको असल छिमेकी भएको कुरा ऐतिहासिककालदेखि नै प्रमाणित हुँदै आएका छन् । चीन जहिले पनि नेपालको सुख दुःखमा साथ हुँदै रहेको छ । नेपालको प्रगतिमा उसका होस्टे-हैंसे जहिले पनि निस्वार्थको रुपमा सुगन्धित भएका छन् ।
चीनतर्फ प्रचण्डको लर्कोको सङ्केत
नेपाल कम्युनिष्ट पार्टीलाई माओवादीतर्फबाट कब्जा गर्ने रणनीतिलाई के कसरी उपलब्धीमूलक एवम् त्यसलाई अन्तिम किनारामा पुर्याउने षडयन्त्रहरु छताछुल्ल भएका छन् । चीनतर्फ हानिने क्रममा क्रमशः सबै माओवादी अनुहारहरु कै वाहुल्यता छ । प्रचण्डसँग जाने तथा परिदृश्यमा अघि पछि जाने अनुहार माओवादीहरु नै छन् । यसलाई संयोग मात्र हो भनेर मान्न सकिने ठाउँ छैन ।
नेकपा माओवादीको विगत कृयाकलाप बारे चिरफार गर्दा, ती चिरफारमा भारतीय ‘रअ’ का गन्धहरुले पछ्याउन छोडेका छैनन् । प्रचण्डको चीन यात्राको डिजाइनिङको तय दिल्लीस्थित ‘रअ’को कार्यालयबाट भएको होइन भनेर भन्न सकिने ठाउँ नै छैन ।
प्रचण्डको निसाना
नेपाल कम्युनिष्ट पार्टी भित्र प्रचण्डले फुटबल खेल्ने ग्राउण्ड बनाएका छन् । पार्टी भित्रका राष्ट्रियधार तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई गति दिनेहरुलाई किनारा लगाउने छ र त्यसको बदलामा भारतीय शासन व्यवस्थाबाट आशीर्वाद प्राप्त कम्युनिष्टहरुलाई पुन संयोजन गरिने कुरालाई नकार्न सकिन्न ।
के.पी. ओली र प्रचण्डको शासन सत्ताको उमेर तोकिएको प्रचण्डको भारत भ्रमण पछि बाहिर आएका छन् । यी कुराहरुले प्रचण्डलाई बुझ्न कम्युनिष्टहरुले ढिलाइ गर्न हुँदैन भन्ने कुराको पनि बोध हुनु जरुरी छ । प्रचण्ड र बाबुरामले माओवादी आतङ्कको आडमा राजतन्त्र उन्मूलनको दृश्य देखाएर अटलबिहारी वाजपेयीलाई ढुक्क बनाएर आएका थिए । ती दृश्यको अन्तिम पाटो नेपालमा एमाले पार्टीको नाम निशाना नै मेटाउन तथा नेपाली कम्युनिष्टहरुको उन्मूलनका लागि नरेन्द्र मोदी समक्ष बाचा बन्धन गरेर प्रचण्ड नेपाल फर्किएको कुरा घाम जस्तै छर्लङ्ग भएको छ । प्रचण्डको भारतीय शासन समक्ष आफूलाई सुर्पुदगी गरेर आएका छन् । नेपाली कम्युनिष्टहरुले प्रचण्डको धराप, प्रचण्डका षडयन्त्रका विरुद्ध आम कम्युनिष्टले आफूलाई उभ्याउन जरुरी छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई अग्रगति दिनका लागि नेपाली जनताले आफूलाई तयार गर्नुपर्छ । राष्ट्रको सार्वभौमिकता, नेपाल र नेपाली प्रति आस्था मोह नेपाललाई सुन्दर मुलुकमा परिवर्तन गर्नका लागि स्वतन्त्र र सबल नेपाल कम्युनिष्ट पार्टीको निर्माण नै देशको उत्थान हुनु हो । हामी सबैले हातेमालो गरौं ।
नोट: नेपाली पोष्ट डट कम,ले लेखकहरूका निजी दृष्टिकोण र विष्लेषणहरू सम्बन्धित पक्षहरूलाई र आम पाठकहरूलाई विमर्श गर्न सहयोग पुग्छ भन्ने उदेश्यले सार्वजनिक गर्ने गरेको छ । हामी यसमा पाठकीय राय र सम्बन्धित पक्षका विश्लेषकहरुको टिप्पणीका लागि अनुरोध गर्दछौं । क्रिया प्रतिक्रियाका लागि – nepalipost@gmail.com
तयारछाैं ।