प्रम ओलीज्यू ! राष्ट्रलाई हराउने षडयन्त्रमा संलग्नताको गन्ध किन ?


महाकाली सन्धी
जब–जब नेपाल र भारत बीच महाकाली सन्धि हुँदै थियो । त्यसबेला तिमीले वुर्कुसी मारेर महाकाली सन्धिमा देखिएको अस्पष्टता तथा नेपाल ठगिएको कुरा भनेका थियौ । भोलिपल्ट हुन नपाउँदै तत्कालीन भारतीय राजदूतको एउटा चिर्केटो बोकेर २४ घण्टा बित्न नपाउँदै महाकाली सन्धि गर्न ढिलाइ गर्न नहुने अलाप–विपाल गर्न थालेका थियौ । ती अलाप भित्र नेपाललाई खरबौं रुपैयाँ बार्षिक आम्दानीको रट लगाएका थियौ । आखिरमा तिमीले जे–जस्तो सपना बाँडेका थियौ,हिजो जे अवस्थामा महाकालीमा हाम्रो पहुँचलाई निचोरेर गौढ बनाएका थियौ । महाकालीका सिमालाई भारतीय अनुकूलतामा आफूलाई सुर्पुदगी गरेका छौ । महाकालीको आडमा पञ्चेहरुको डिङ्गा हालेका थियौ । तिमीले जसरी भारतीय पक्षको वकालत गरेका थियौ । ती वकालत अनुसार नेपालको हित हुने खोइ किन कुनै काम भएनन् त आजसम्म ? आजससम्म ती कलमलाई जीवन्तता, ती सन्धि प्रति किन उदासीनताको चुप्पी बनाइ रहेका छौं । बुर्कुसी मारी–मारी महाकाली सन्धिको गुणगान गाएका थियौं । ती बोल कबोल बारे भारतीय मौनता तथा उसले गरेका धोकाधडी बारे एक शब्द चुइङ्कसमेत गरेका छैनौ ?

महाकाली सन्धि प्रति गरिएको घातमा तिम्रो पनि हात छ । यी घातलाई देशभक्त नेपाली जनताले बिर्सिएका छैनन् । तिम्रो त्यो हतासा भएर महाकाली सन्धिमा खरबौं रुपैयाँको सपना नेपाली जनता समक्ष कुर्लेका थियौ । त्यसको जवाफ दिन, मैले त्यसबेला गल्ती गरेको हो भनेर आम देशभक्त नेपाली जनता प्रति किन भन्दैनौ ? आफ्नो अपराध तथा महागल्ती गरेका कुरा किन स्वीकार गर्दैनौ ? यसकारण देशप्रति घात गर्ने सवालमा तिम्रो नामलाई सुरक्षित साथ राखेका छौं । देशप्रति तिम्रो घातलाई महिन तरिकाले हेरिरहेका छौं ।

नाकाबन्दी
भारतीय शासन व्यवस्थाले लगाएको युद्धस्तर भन्दा पनि भयाभह किसिमको नाकाबन्दीलाई अमेरिकी राष्ट्रपति वाराक ओवामा समेतले युद्धभन्दा पनि खतरनाक भनेर सम्बोधन गरेका थिए । आम नेपाली जनताले महाकाली सन्धिमा तिमीद्वारा गरिएको नाटकीय लीलालाई पत्याए । महाकाली सन्धिमा गरिएको राष्ट्रघातलाई बिर्सिएर तिम्रो नेतृत्वमा उठेको राष्ट्रप्रतिको असीम माया र स्नेहप्रति सम्मान जनाउँदै राजमार्गमा २५।३० माइलको लामो यात्रामा तिमीलाई साथ दिएका कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

यो नाकाबन्दीको समयमा छिमेकी भारत सरकारले गरेको हर्कतहरु निन्दनीय छन् । यसका साथै घृणित मनसाय पनि लुकेका छन् । नेपाल एउटा सर्वभौमसत्ता सम्पन्न मुलुक हो । हाम्रो संविधान हाम्रो चासोको विषय हामीले ९४% प्रतिशतले संविधान प्रति समर्पण र आत्मसात गरेका छौं । संबिधानप्रतिको यो प्रतिशत संसारको कुनै पनि देशमा जनताको समर्पण देखिएको छैन । नेपाली जनताको राष्ट्रियता प्रति उर्लेको देशभक्ति प्रति हामी गर्वबोधको अनुभव गर्न सक्छौं । हाम्रो संविधान भारतीय चासो र उसको अनुकूलताको संविधानले भारतीय शासकको नियति तथा उसको घृणित मनसाय उद्घाटित तथा छलाछुल्ल भयो ।

नाकाबन्दीमा प्रधानमन्त्री ओली तिमीले देखाएको राष्ट्रियता प्रतिको जिम्मेवारी, जबसम्म नाकाबन्दी हटाउँदैनौ म भारतको भ्रमण गर्दिन भन्यौ । तिम्रो त्यो शब्दको प्रहारमा भारत झुक्यो । नाकावन्दी हटाउन मञ्जुर गर्यो । त्यस सम्बन्धी व्यवहार गर्यो र तिमी भारत भ्रमणमा हिँडेका कुरा यथार्थता हो । तिमीप्रति नेपाली जनताले श्रद्धालाई निरन्तरता गरेर नै नेकपालाई वहुमतद्वारा विजयश्री गरेका थिए ।

नेपाली जनताले, तनमनले न्यौछावर गरेका थिए देशभक्त नेपालीले, यो नाकावन्दीको काल नै देशभक्त नेपाली जनताको लागि कठिन परीक्षा थियो । नेपाली जनता यो नाकावन्दी समयमा पनि आफू सम्हालेर राखेका थिए । भारतीय शासनको दादागिरीमा पनि मौनता सहन गरेर नेपाली जनताको शान्ति प्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै तिम्रो देशभक्तिको प्रतिवद्धतामा हालेमालो गरेका कुरालाई कसैले नकार्न सक्तैन ।

देशभक्ति अडानमा शिथिलता
संसारका कुनै देशमा राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीले विदेशी अर्थात् छिमेकी देशको भ्रमणमा निस्किनेले छिमेकी देशको राजधानी हुँदै भित्रिनु पर्छ । छिमेकीकै सुरक्षा व्यवस्थामा भर पर्नुपर्छ । छिमेकी प्रधानमन्त्री मोदीले हाम्रो सार्वभौमसत्ता, नेपाली जनताप्रति उनको हेपाहा प्रवृत्तिको उजागर भएको छ । उनी आफ्नै सैन्य सुरक्षा बलमा नेपाल भित्रिनु, उनका साथमा आएका सुरक्षा सल्लाहकारको विशेष हेलिकप्टरद्वारा मुस्ताङ तथा अन्य क्षेत्रको मनलागी भ्रमण गरेर चीन प्रतिको सामाजिक सुरक्षाको चियो चर्चो गर्नु थियो । छिमेकी प्रति विश्वासको आधारलाई भत्काउने किसिमको हरकत गरेको कुरा त्यसबेला छापामा बर्गेल्तीरुपमा सूचना वहाव भएको कुरालाई पनि यहाँ स्मरण गराउन चाहन्छु ।

छिमेकीका कुनै पनि राष्ट्र प्रमुखलाई आफ्नो मनलागि क्षेत्र आदिमा आफ्नै देशको स्थति तथा आफ्नो मुलुकप्रति जेजस्तो हरकत गर्न पछि छिमेकीलाई छुट दिनुको अर्थ सरकारको लाक्षीपन हो । राष्ट्रियता प्रति छिमेकीले गरेको हर्कतलाई वेवास्ता गरेर राष्ट्रप्रतिको मानमर्दनमा मौनतालाई राष्ट्रप्रतिको जिम्मेवारीबाट पछाडि हटेको कुरालाई नकार्न सकिन्न ।

जानकी मन्दिरमा भारतीय तिरङ्ग झण्डा
जनकपुर परापूर्वकालदेखि विदेहको राजधानीको रुपमा जानकीको जन्मभूमिको रुपमा पावन भूमि पवित्र भूमिको रुपमा यसको वर्णित हुँदै आएको छ । जानकी मन्दिरको पवित्रता, जानकी मन्दिर निर्माणमा देखाइएको कौशलता, जानकी मन्दिरप्रति तत्कालीन कारिगढद्वारा निर्माण गरिएका शैली, मैथली कलाकृतिले सिङ्गारिएको जानकी मन्दिरप्रति जो सुकैको हृदयप्रति आल्हादित भएर आउँछ । मन्दिरको निर्माणमा टीकमगढकी महारानीले ९ लाख खर्च गरेर बनाइएको मन्दिरकोरुपमा हामीले स्कूले जीवनदेखि नै पढ्दै आएका छौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो शासन व्यवस्था, हाम्रो रितिरिवाज भन्दा माथिको रवाफ जमाउँदै जानकी मन्दिर आवागमन तथा प्रत्यामनका लागि आफ्नै भारतीय सरकारको विशेष विमानको प्रयोग गरिनुलाई उनीको हर्कतलाई बुझ्न सकिन्छ । छिमेकी मुलुकको राष्ट्रिय आवागमन तथा हाम्रो राष्ट्रियता अस्मिताप्रति उनको बलजफ्तीलाई लिन सकिन्छ । ठूलो छिमेकी देशले बलमिचाइका साथ जनकपुर आउँदा आफ्नो सैनिक सुरक्षा घेरा र विशेष हेलिकप्टरको प्रयोगले के पुष्टी गर्छ भने हाम्रो राष्ट्रियता, हाम्रो अभिमानलाई झुकाउन चाहेको स्पष्टता देखिन्छ ।

भारतीय प्रधानमन्त्रीको आगमनको पूर्वबेलामा जानकी मन्दिर माथि भारतीय तिरङ्गा झण्डालाई के कारणले फहराउन दिइयो । फहराउन दिनका पछाडि के कस्को हात छ यसलाई गम्भीरताका साथ किन लिइएन ? जानकी मन्दिरमा झण्डा लगाउन आदेश दिने र त्यहाँ झण्डा फहराउने प्रति कारवाहीको सिलसिलालाई अघि नबढाएर यस किसिमको घृणित कार्य गर्नेलाई निरुत्साहित गर्नुपर्छ कि पर्दैन ? कसले गरेको हरकत हो त्यस पछि कारवाही गर्न सरकार किन लुग्लुगाई रहेछ ? यो बुझी नसक्नुको रहस्य भएको छ ।

सी.के. राउतको विखण्डनकारी गतिविधि
सिमानापारिबाट रोजगारीमा ल्याइएका भारतीय युवाहरुलाई मोरङ, सुनसरी, सप्तरी, सिराहा आदि ठाउँमा सी.के. राउतले मलाई पश्चिमा युनियनको साथ छ यसैले नेपाललाई टुक्रयाएर छाड्छौं वा पश्चिमा युनियन मेरो साथ भन्नुको स्पष्ट छ ।
पाकिस्तानका राष्ट्रपति इमरान खानले देशमा एनजिओ, आइएनजिओलाई ६० दिन भित्र पाकिस्तान छोड्नुपर्छ भन्ने आदेश फरमान गरिसकेका छन् । यी एनजिओ, आइएनजिओको हरकत के हुँदो रहेछ भने देश विरोधी गतिविधिलाई मलजल दिएर देशकै विरुद्ध भूमि तयार गर्नु हो ।

समय आइसकेको छ हाम्रो मुलुकको निर्णय हाम्रो मुलुक आइपर्ने श्रोतको जगेडा तथा त्यसको निरन्तरताका लागि देशभित्रबाट एनजिओ, आइएनजिओलाई देशबाट विस्थापित गर्नुपर्छ । यी राष्ट्रिय प्रतिको सम्बर्धन तर्फ ध्यान पुग्नका लागि युवाहरु पनि लागि पर्नुपर्छ ।

भारतको कुनै राज्यमा विखण्डनकारीहरुलाई देश टुक्राउँछु भन्ने छुट छ ? भारतीय सैनिक समिपमा यस्तो मुलुक टुक्राउने मलाई पश्चिमाहरुको सपोर्ट छ भनेर देश टुक्राउने इजाजत भारत सरकारले दिन सक्छ ? यदि सक्दैन भने विखण्डनकारी प्रति कठोर हुन हाम्रा सैनिकलाई निर्देशन दिन किन ढिलाइ गर्छ सरकार ?कसैले यदि २०-२५ जनाको जमात लिएर देश टुक्र्याउँछु भनेर हिँड्दैमा, देश यति सजिलो विघटन हुने वातावरणको तयारीको हौवा पिटाइ रहेका छन् । कि यिनीहरूको बोलि यिनकै बलमा हो ?

सी.के. राउतका घृणित हर्कतका विरुद्ध डा. बाबुराम भट्टराई, प्रचण्डद्वारा पालित पोषितप्रति मलजल दिने काम किन भइरहेछ ? नेपाली सेनालाई राष्ट्रियता बचाउ अभियानमा हामी समस्त नेपालीले नेपाली सैनिकको मनोवल उकास्नुपर्छ ।

सुन प्रकरण, निर्मला प्रकरण, ठेक्का प्रकरण
नेपालका उच्च पदस्थ प्रहरी सुनकाण्डमा बल्झेकाहरुलाई न्याय प्रणालीले चोख्याउँदै छ । निर्मला प्रकरणको शिथिलिकरणका अभ्यास, नमिता सुनिता बलत्कार हत्या प्रकरण हराए झैं हराउने सम्भावना बढि रहेको छ । सांसद नै पुल पुलेसोको ठेकेदारमा परिवर्तित भएर आर्थिक ब्रह्मलुट मच्चाइ रहेका छन् । देशका कुनै पनि भेग शान्तिलाई चिथोरिएको छ ।

मुलुक भित्र छताछुल्ल भएका विभिन्न प्रकरणको लस्कर नै लागेको छ । सुन प्रकरणमा मुछिएका उपल्लो तहका प्रहरी अधिकृतलाई चोख्याउन सहायकको भूमिकामा न्याय प्रशासन प्रति जनताको विश्वास घट्दै गइरहेको छ । एनसेल काण्ड, विभिन्न काण्डै काण्डमा हुर्केको छ । सरकार कता छ त्यसको कुनै आभाष छैन । न्यायको लागि नेपाली जनता कता जाने ? देश प्रति प्रतिघात हुँदा त्यसको संरक्षण र सम्वर्धनमा जनताको उत्साहमा किन पानी खन्याउने कार्य हुन्छ ?

राजमार्गमा कमसल पुल निर्माण गर्ने सांसदको कन्सट्रक्सन कम्पनीलाई एक पछि अर्को ठेक्काको टेण्डर थमाइन्छ । पुुलको कारणबाट ६।६ जनाको मृत्यु हुँदा पनि वास्ता देखिदैन । सरकार यसबेला कतै देखिदैन ।

निर्मलाको वलत्कार पछि हत्या गरिएकी सबुद प्रमाण मेटाउन प्रहरीहरुको टोली नै लागि परेर लागेका थिए । तिनीहरु माथि कुनै कारवाही गरिएको छैन । प्रहरीको भेषमा अपराधीका अपराध लुकाउने कार्यमा मद्दत गर्ने जस्तोसुकै ओहदाको नै किन नहोस् उनीहरुलााई जागीरबाट बर्खास्त गरेर जेल हाल्न किन ढिलाइ गरिएको छ ।

प्रधानमन्त्री ओली तिमी कता छौ ?
तिम्रो कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण,ती भ्रमणमा भारतीय प्रधानमन्त्रीका हरकतका दृश्यहरु, ती हरकतप्रति चुइक्क समेत नबोलेर के सन्देश नेपाली जनतालाई दिन खोजेको हो ? के अलमलमा आफूलाई लाचार प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छौं । जनताका लागि बुझ्न नसकिने पहलु भएको छ ।

विश्वको कम्युनिष्ट इतिहासमा नभएको काइदा नेपाल भित्राइ रहेका छौ । नेपाल कम्युनिष्ट पार्टीलाई पतनको बाटोतिर धकेलेर हरकत गरिरहेका छौ । स्पष्ट छ माओवादीको जन्मको गर्भाधान तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीको सन्मुखमा भारतीय ‘र’ द्वारा गरिएको डिजाइन अनुसार राजतन्त्रको अन्तको लागि भएको साँठगाँठ १२ बुँदे सहमति त्यसैको तुरुप हो भन्न सकिन्छ ।
नेकपा एमालेको जनाधारलाई मुलुकबाट विस्थापित गर्न माओवादीको एकीकरणका परिदृश्यहरु यसबेला छताछुल्ल हुँदै बामदेवको सांसद हुने नाट्यशालाको पर्दा पछाडिका प्रचण्डको चर्तिकला नेपाल कम्युनिष्ट पार्टीमा स्पष्ट भएको छ । प्रचण्डको नेकपामा विलिनका पछाडि, प्रचण्डलाई कसले प्रयोग गरेको छ भन्ने कुराको सतहमा पनि छरपष्ट भएको छ । नेकपाको विर्सजनको भावमा भासिन धेरै समय कुर्नु पदैन । वामदेवको रहर पछिको रहस्योद्घाटनको पर्दा खोलिएको छ ।

सुन प्रकरण, राष्ट्रपतिद्वारा सम्मान प्रकरण, न्याय प्रशासनमा देखिएका उच्च प्रहरी जो सुनद्वारा सुसज्जित आफ्नो पुरानो जागीरमा फर्किने क्रमको तयारी हुँदैछ । निर्मला वलत्कार हत्याकाण्ड जो प्रमाण मेटाउने प्रहरीलाई कानुनले कतै छोएको छैन ? यी सबै देश विरोधी हर्कतमा दुई तिहाईको सक्ति सम्पन्न प्रधानमन्त्री कतै देखिएको छैन । घुस्याहाहरुको मनोबल बढि रहेको छ । न्याय प्रशासन, प्रहरी प्रशासन, सडक निर्माण प्रकरणमा देखिएका घृणित प्रकृति परिदृश्यमा आएका छन् । सरकार छ भन्ने आभाष जनताले पाइरहेका छैनन् ?

हिजोको इतिहास आजका लागि पाठ बनोस
हिजो हामीले पत्रकारिता शुरू गर्दा जुन उद्देश्यका साथ हामी आएका थियौं र जसरी लागि परे, आज पनि हामीमा त्यस्तै उर्जा छ । जननेता मदन भण्डारी अघि–अघि हामी दक्षिण सिमाना पत्रकार टोलीका पत्रकारहरु भएर आम जनतालाई राष्ट्रियताप्रतिको मान–सम्मानलाई उद्घोष गर्दै हिँडेका थियौं । महाकाली माथि भएको राष्ट्रघातका विरुद्ध यो पङ्क्तिकार र सुर्दशनराज पाण्डेद्वारा लिखित स्थगत रिपोर्ट तत्कालीन झिल्को साप्ताहिकमा छापिए पछि कमरेड मदन भण्डारीले रोष्टम घेर्नु भएको थियो । उहाँले लिनु भएको अडान राष्ट्रियता प्रतिको समर्पण थियो । राष्ट्रियता प्रति मदन भण्डारीको अडानमा हामीले गर्व गरेका थियौं ।

आदरणीय मदन भण्डारीले हाम्रो स्थलगत रिपोर्ट पढी सकेपछि जनता साप्ताहिकका सम्पादक डम्बर गिरीसँग उहाँसँग हामीहरुलाई भेट गराउन समयको संयोजन गर्न अनुरोध गर्नु भएको कुरा डम्बरजीले आफ्नो लेखमा भन्नुभएको थियो । डम्बरजीसँगको भेटमा मदन भण्डारीले भेट्न चाहेको कुरा गर्नु भएको थियो । ती भेटको क्रममा हामीले स्थलगत रुपमा लेखेको रिपोर्ट सम्बन्धी नै थियो । म र सुदर्शन पाण्डे त्यसको आभाष भएको थियो । समयको अन्तरालका कारण हाम्रो भेट उहाँसँग हुन सकेन । मदन मण्डारी र जीवराज आश्रितको रहस्यमय घटना भएको रातमा संयोगले हामी पनि दासढुङ्गा पुगेका थियौं । त्यो रात हामीले खर काटेर थुपारेको ठाउँमा रात बिताएका थियौं ।

प्रधानमन्त्री ओली ! आम नेपाली जनताले तिमीप्रति जुन विश्वास रोपेका छन् । तिमी यसबेला बीचमै बरालिएका छौं । सत्ताको चकाचौधमा राष्ट्रियता प्रतिको तिम्रो दायित्व जनता प्रति तिम्रो कर्तव्य प्रति च्यूत हुँदै गएका छौ । समय नधकेर्दै आफूलई सम्हाल । मुलुक भित्र जे जस्ता हरकत भइरहेका छन्, ती हर्कतलाई बन्द गर्नका लागि मानसिक रुपमा तयार हौ र परिणाम देखाऊ । यो चुनौती तिम्रा लागी अवसर हो । सबैका लागि हरेक चुनौती अबसर बनेर आउँदैनन् । तर ढिलो गर्छौ त्यति नै अबसरहरू गुम्ने छन् ।

लेखकसङ्गको सम्पर्कका लागि : ritu524646@gmail.com

Add a Comment

Your email address will not be published. Required fields are marked *