विमारी र हस्पिटल


हस्पिटलको एउटा कक्ष बाहिर
केहि दिनदेखि एक विमारी
निक्कै धाइरहेको छ
च्यातिएको लुगा,च्यातिएको टोपी
उसको शरिरमा छर्लंग्ग देखिन्छ ।

आफ्नो व्यथा उसले बार बार
कक्ष भित्र सेता लुगा लगाएका
मानवरूपी भगवानलाई सुनाई रहन्छ
मानवरूपी भगवानले हातको ईसाराले
परको कांउटर देखाउँछन् ।
विमारी आफ्नो खोल्टि भित्र हात हाल्छ
च्यातिएको गोजीबाट
हातका औलाहरू बाहिर छिरेका
प्रष्ट देखिन्छ ।
हरेक दिन जस्तै आज पनि
विमारीलाई धम्काउदै,
गाली गर्दै, हप्काउदै, लत्तार्दै
सेता लुगा लगाएका आफुलाई
देवी सम्झने आधुनिक राजकुमारीहरू
हस्पिटलको गेट बाहीर उसलाई पुर्याउँछन् ।
मैले एसो हस्पिटलको भित्तामा नजर लगाउँछु’
त्यहाँ राता अक्षरमा लेखिएको थियो
“सेवा नै धर्म हो”
“सेवा नै धर्म हो”
“सेवा नै धर्म हो”

 ट्वीटर  @Rajanpjl

Add a Comment

Your email address will not be published. Required fields are marked *