गजल
|
प्यारी आयौ सुललित बन्दै
छल्क्यो माया पुलकित बन्दै
ढल्क्यो मेरो हृदय तिमीमा
जाग्यो तृष्णा बिकसित बन्दै
चम्क्यो बस्ती अटुट प्रभाले
हाँसो छायो नियमित बन्दै
सुम्पेँ मैले तन मन सारा
थाम्यौ बाहाँ परिचित बन्दै
झाङ्ग्यो चारैतिर सुविचार
चम्क्यो आभा सुरभित बन्दै
फैल्यो रोजै मधुर मिठास
गुञ्ज्यो भाका मुखरित बन्दै
भाग्यो प्वाँलो नभ छ उज्यालो
छर्छ्यौ लाली अनुदित बन्दै
हार्थें होला सब चिज मैले
आशा बाँड्यौ अभिजित बन्दै
लट्ठै पार्यौ सुर लय मिल्दा
चोर्यौ आत्मा सुगठित बन्दै
SSS SII IIS S
छन्द:– मत्ता
विश्राम:- ४/८ अक्षर