हतार

केहि मान्छेहरू यस्तरी कुद्छन
मानौ उनिहरुलाई निकै हतार छ
सडक, पेटि, गल्ली जहाँ पायो उहीं
रफ्तारमा दौडिन्छन
अगाडीको मान्छेलाई पन्छाएर
आफू अघि पुग्छन
मन्दिर, हस्पिटल, बिल तिर्ने ठाउँ
जहाँ लाइन मिचेर अगाडी हुत्तिन्छन
उनीहरुलाई निकै हतार छ
म सोच्छु,
हतार छ उनीहरुलाई देश बनाउन
हतार छ उनीहरुलाई गरिबको बारे सोच्न
मान्छेको भिडभाड पन्छाएर
हतारमा अगाढि पुगेको मान्छे
मान्छेको लाइन मिच्दै हतारमा अगाडि
बडेका ति मान्छे
चोक चोकको चिया पसलमा भेटिन्छन्
डोजरले बाटो बनाइरहेको हेर्दै बस्या देखिन्छन
भोली पनि उनिहरु हरेक ठाउँमा उस्तै हतार हुन्छ
केहि जमात
बाटोमा कार, मटरसाईकल बेस्सरी कुदाउँछन्
लाग्छ,
यमराजलाई भेट्न, मृत्युलाई चिन्न
उनीहरुलाई पनि निकै हतार छ ।।
