खोज्न जाँदैछु
|हराएछु आँफै म त कतै,खोज्न जाँदैछु ।
रहस्य रहेछ मानव जीवन, सोध्न जाँदैछु ।
गर्भभित्र कसरी प्रवेश हुन्छ, हाम्रो आत्मा
हैरान भएँ सोच्दा सोच्दा, द्वन्द रोक्न जाँदैछु ।
गहन निद्रामा उर्जा भर्दै, सक्रिय बनाउने
यो संयन्त्रको साँचो अब, रोज्न जाँदैछु ।
श्वाससँगै विचार चल्ने, अद्भुत सिर्जनाको
सद्गुरुमा विनम्र जिज्ञासा, पोख्न जाँदैछु ।
आनन्दको अंश भए पनि, दुख किन पाए्ँ
दिव्यानन्दको त्यो अनुभव, भोग्न जाँदैछु ।