गज़ल

प्रिय ! पास आयौ, मधुरता पिलायौ
अनमोल आफ्नो, हृदयमा बसायौ

कति व्यग्र हुन्थेँ, अटुट प्यासबाट
सब प्यास मेरो, सरित भै बुझायौ

दिन रात बित्थे, सतत खिन्नतामा
परिताप सारा, हिमचुली कटायौ

सुखशान्ति भागे, जगत भो अँधेरो
नवकान्ति छर्दै, गगनमा उदायौ

म अतालिँदैथेँ, विकटमा फसेर
दुइ हात थामी सकुशलै बचायौ

न थियो दिलाशा, न त सहाय कोही
जति दुर्दशा हो,सकल ती भगायौ

विरही भएथेॅ, फगत एक्लिएर
पिरती लगायौ, प्रणयिता बनायौ

न्युयोर्क

Add a Comment

Your email address will not be published. Required fields are marked *