गीत

सबले मलाई भन्दा होलान,परदेशमा सुखिछ भनेर
सुख भन्ने कती छैन,चैन भन्ने छँदै छैन
पसिना र रगत बग्छ,झरनाको पानी बनेर

सम्झिल्याउँदा साहुको ऋण, टाउको बन्छ पहाडजस्तै
श्रम भन्ने खै के भनौ,जीवन यो मेशिनजस्तै
पशिना र रगत बग्छ,झरनाको पानी बनेर

देश मैले भुल्या छैन,गाउँ घर कती बिर्स्या छैन
शिरानी यो चिसो बन्छ,परेली यो सुक्या छैन
पशिना र रगत बग्छ, झरानाको पानी बनेर
सबले मलाई भन्दा होलान…………………

Add a Comment

Your email address will not be published. Required fields are marked *