सीमा


बाध्यता भनौ
की
आवश्यक छ
सीमा रेखाको परिधि यहॉं
नपत्याए तिमी
एक पटक
हेरन त्यो नदिलाई
त्यो उर्लँदै आउने छालको बैचनीलाई

हो
मैले नजिक बाट
आभास गरेकी छु
त्यो नदीको बाध्यता लाई
उ चाहन्छ बग्न निर्विघ्न
निर्बन्धन भएर
तोड्न चाहन्छ त्यो किनारा
अनि
सबै बॉंधहरूलाई
तर
अफसोस
कसले स्वागत गर्छ र
त्यो स्वतन्त्रतामा भट्किएको नदिलाई

बिचरा त्यो नदिको
अस्मिता त यसैमा रहेछ
कि
उ आफ्नो निश्चित बाटो मा
धर्तीको प्यास बुझाउँदै
कल कल गरेर
बगी रहनु पर्ने
यदि भाग्य बस भेटियो भने
सागर सँग मिसिनु पर्ने
त्यसैले बुझे
सीमा आवश्यक रहेछ !

अनि
कसरी मेटाउन सक्नु
आफ्नो त्यो छवि
जो हरेकको मनमा बनी सकेको छ
कल कल गर्दै बग्छ नदी
एकनासले बग्ने गर्छ नदी
सागरमा पुगेर मिसिनेछ
यो नदी !

Add a Comment

Your email address will not be published. Required fields are marked *