पराजुली वंशमा उम्रिएका मेलिना र आभ्याका दृश्यहरु
|कुनैबेला कपिल हेटौडास्थित उज्जवल शिशु निकेतनमा आफ्ना बाल्यकाल बिताउँदै शैक्षिक अध्ययनमा आफूलाई व्यस्त बनाउँदै हुर्कदै बढ्दै थियो । बुबा शम्शेरबहादुर पराजुली असई प्रहरीको जागिरबाट सेवा निवृत्त भई सक्नु भएको अवस्था थियो । आफ्नो जन्मस्थल संखुवासभा हेदाङ्गमा बाक्लेमा आफ्ना पाइताला टेकेर फर्किएको कुरा मलाई भन्नु भएको थियो । आफ्ना अतीतका दिनहरु तत्कालीन दृश्यहरु पहाडी उकाली ओराली तथा पहाडी सौन्दर्यका बखान सिद्धहस्त चित्रकारिताको फोटो खिच्नु भएको थियो । बुवा चित्रकारितामा पनि आफूलाई दख्खल राख्नुहुन्थ्यो ।
बुवाले अब असम गएर बाँचेका इष्टमित्रहरुसँग भेटघाट गरेर फर्केपछि नाति कपिललाई भेटेर आउने इच्छा जाहेर गर्नु भएको थियो । मैले असमबाट फर्किएपछि जानुहोला भन्ने आसय व्यक्त गरेको थिए ।
बुवाले असम भ्रमणको क्रममा एक महिना त्यतातिर व्यतित गर्नु भएको थियो । त्यहाँ पनि परिवर्तनको लहरहरु चलेका कुरा दोहो¥याउनु भएको थियो । जो–जोसँग उहाँको भेटघाट भयो उहाँहरुद्धारा गरिएको आतिथ्यता र सामिप्यताको वखानलाई पटक–पटक दोहो¥याउनु भएको थियो । धेरै समयको अन्तरालपछि बुवा असम गएर आफूले सङगत गरेका सबै किसिमका व्यक्तिहरुसँग (जो जीवित अवस्थामा थिए, तिनीहरुसँग)को भेटघाट र आतिथ्यता बोध गरेर आफ्नो मुलुक फर्किनु भएको थियो ।
इटहरीस्थित आफूद्धारा निर्माण गरिएको घरमा कपडाको व्यापार सुरु गर्नुभएको थियो । सहयोगीको रुपमा फुपुका छोरा मोहन बस्नेतलाई असमदेखि नै लिएर आउनु भएको थियो ।
चित्रकारिता उहाँको नितान्त प्रिय विषय थियो । असमदेखिनै उहाँ चित्र कोर्नु हुन्थ्यो । असमी र बङ्गाली भाषामा उहाँको दखल थियो । मेरी आमा दिव्यश्वरी पराजुलीमा असमी कथाको ढिकुटी नै थियो । इटहरीमा हाम्रो संयुक्त मूलघर थियो । त्यतिबेला मोटर कमै चल्थ्यो । आँपगाछी तरहराबाट इटहरी आउँदा हिडेरै हामी आउँथ्यौं । बाटामा असमी भाषाबाट नेपालीमा अनुवाद गर्दै कथा सुनाउनु हुन्थ्यो । त्यस्तै बुवा पनि कुनै पुस्तक पत्रपत्रिकामा भेटिएका महत्वपूर्ण कुरालाई आफ्नो डायरीमा टिप्ने गर्नुहुन्थ्यो । सायद मलाई पनि ती बुवाका आनी–बानी सुटुक्कै पसेको यथार्थता पनि हो । बुवा स्पष्टवक्ता हुनुहुन्थ्यो । कुनै पनि कुरालाई स्पष्ट राख्नुहुन्थ्यो ।
बुवा हेटौडा जाने क्रममा मसँग भेट हुन सकेन । म त्यसबेला पश्चिम नेपालको भ्रमणमा निस्किसकेको थिए । कपिल पढ्दै गरेको स्कूल उज्जवल शिशु निकेतन हेटौडा पुग्नु भएछ । संयोगले मित्र सम्राट तुम्वाहाङफे र उहाँकी धर्मपत्नी ताँती तुम्वाहाङफेसँग पनि भेट गर्नु भएछ । उहाँहरुको सालिनतापूर्ण व्यवहारबाट आफू प्रभाावित भएको कुरा फर्किए पछि मसँगको भेटमा भन्नु भएको थियो । त्यसैबेला मैले के कुरा बुवालाई भनेको थिए सम्झना भएन, त्यसको जवाफ दिदै भन्नु भएको थियो “नाति नातिनी भन्ने कुरा अहिले तलाई केही थाहा छैन पछि थाहा पाउँछस्” सम्राट दम्पतिबाट आफू प्रवाहित भएको कुरा जिकिर गर्दै सङ्गत गरिएका तेरा साथीहरुमा यी साथिप्रति अटुट सम्बन्धलाई निरन्तरता दिनु” यी शब्दहरु अझै मैले बिर्सिएको छैन ।
कपिलले त्यसताका भनेका कुराहरु “हजुरबुवा आउनु भयो । ५०÷५० पैसाको रेच्कीको थैली पोको पारेर दिँदै भन्नु भएको थियो “दिनको एउटा–एउटा गरेर मात्र खर्च गर्नु भन्नु भएको थियो । खानपीनका अन्य सामाग्रीहरु पनि त्यसका साथ दिनु भएको थियो ।”
हाम्रो संयुक्त परिवार
हजुरबुवा धनध्वज पराजुलीको हेदाङ्गमा बाक्ले गाउँमा बसाइ थियो । घरको नजिकै रहेको रुखमा गाईबस्तुलाई घाँस काट्न चढनु भएको थियो । यसै सिलसिलामा रुखबाट लडेर मृत्युवरण गर्नुभयो । हजुरबुवाले मृत्युवरण गर्दा ४० पनि टेक्नु भएको थिएन । हजुरआमा विष्णुमाया पराजुली विधवा हुनुभयो । त्यसबेलाको सामाजिक परिवेश हजुरवुवाको मृत्युको कारण हजुरआमा प्रति लक्षित थियो । हजु्रआमा प्रति आफन्तहरुको घृणा, द्वैष, आरोपित हुनुभयो । आफन्तहरुबाट प्रताडित हुनुभयो । उहाँलाई दिइने अंश पनि हड्पिएको थियो । विभिन्न पीडा, आरोपलाई झेल्दै हजुरआमाले आफ्ना दुई टुहुरा छोराहरुलाई अघि लाएर अनिश्चित गन्तव्यतर्फ हानिनुभयो ।
हजुरआमा जुनबेला आफ्ना दुई छोराहरुलाई लिएर असम हानिनुभयो त्यसबेला सुनसरी, मोरङ तीर वाक्लो जङ्गल थियो । सुनसरी मोरङ एउटै थियो । अहिले जस्तो धरान विराटनगरको बाटो आजको रुपमा आइसकेको थिएन । जोगवनीको आजको भव्यता थिएन । एउटा भरखर उठ्दै गरेको गाउँकै अवस्था थियो ।
हजुरआमाले आफ्ना दुई छोराहरुलाई लिएर त्यसबेलाको असम लोगाउँ अन्र्तगतको भालुकुुमारीमा आफ्नो बासस्थान बनाउनु भयो । त्यसबेला त्यस क्षेत्रमा भालु, बाघको जगजगी नै थियो । अन्य हिंस्रक जनावरको क्षेत्र थियो । त्यस क्षेत्र पनि वाक्लो जङगलले भरिएको थियो । हजुरआमाले आफ्ना दुई बालखलाई लिएर जङगल फडानी गर्नुभयो । आफूले लगाइराखेको माइतीले दिएको माखा मुन्द्रा बेचेर एकहल गोरु र गाई किन्नुभएछ । हजुर आमाको साहस, अप्ठेरो स्थितिसँग जुझ्दै आफूलाई त्यहाँको वातावरणमा ढाल्नु भएछ । बस्दै जाँदा अन्नवाली लगाउने तथा लङ्का वजार नजिक भएकोले अन्न बेचविखनमा त्यस्तो समस्या देखिएन । हजुरआमाको मिहिनेत गाउँबासीसँगको मिलनसारिताले त्यस क्षेत्रमा बसोवास गर्दै गरेका श्रीकृष्ण कट्टेलसँगको सामिप्यता बढेको कुरा आफ्ना अतितसँग जोडेर भन्नु भएको थियो ।
हजुरआमा विष्णुमाया पराजुलीबाट विष्णुमाया कट्टेलमा परिवर्तित हुनभयो । दुईवटा छोराहरुको आमा भए पनि उहाँमा अझै जीवनको रौनकता थियो । उहाँले त्यसबेला दोश्रो विवाह माथि उल्लेखित व्यक्तिसँग गर्नुभयो । आफूसँग रहेका दुई छोराहरुलाई नछोड्ने शर्त राख्दै आफू अभिभावकको भूमिका निर्वाह गर्ने शर्तमा विवाह गर्नु भएको रहेछ ।
हजुरआमाले दोश्रो विवाह गरेता पनि आफ्ना पहिला दुई सन्तान प्रतिको जिम्मेवारीबाट उहाँ कहिल्यै बिमुख हुनु भएन । दुवै छोराहरुको विवाह असमस्थित वेली गाउँ र वालुहन्डल स्थित वस्नेत परिवारहरुसँग नाता जोडन आफ्नो अहंम भूमिका निर्वाह गर्नु भयो । आफ्नो अभिभावकत्वलाई जीवनकालभरि निर्वाह गर्नु भयो ।
असमबाट स्वदेश फर्काइ
वर्षौ अगाडिदेखिका हाम्रा जीवनयापनका सन्दर्भमा हाम्रा पुर्खाहरुले भोगेका यथार्थता तथा आफूमा आत्मबोध भएका कुराहरु ती पुस्तौदेखि भनिदै आफैं पनि भनिदै छ, नेपाली जातीको इमान्दारीता र अस्तित्व माथि छिन्न भिन्न नहोउञ्जेल जस्तोसुकै पहाड गिरे पनि आफूलाई संयमित नझुक्ने जातीको रुपमा चित्रित भएको यथार्थता पनि छ । हाम्रा पुर्खाको देशभक्ति तथा राष्ट्रिय संस्कृति धरोहर हाम्रा चलन चल्ती संस्कारहरुलाई पनि नियमित र यसलाई कलमबद्ध गरिनु पर्छ ।
माइलो हजुरबुवा पहाडबाट आफ्ना बालबच्चा सहित असमको अमुक क्षेत्रमा बसोवास गर्दै आउनु भएको रहेछ । तत्कालीन सामाजिक परिवेशमा भएका वैमनस्यताका कारण खोज्दै–खोज्दै आइपुगेको कुरा सुन्नमा आएको थियो । माइलो हजुरबुवा त्यसबेलाको कानुनसँग परिचित हुनुुहन्थ्यो भन्ने कुरा बुवा र बडिवाले समय–समयको प्रसङ्गमा भन्नु भएको थियो । उहाँ लेखपढमा निपुर्ण हुनुहुन्थ्यो रे । त्यस्तो निपुर्णतामा ३ पास जति हुनुहुन्थ्यो । कानुन सम्मत कुरामा त्यसवेला त्यस क्षेत्रमा उहाँसँग टक्कर लिने कुनै व्यक्ति थिएन रे यस्तै यस्तै मैले सुन्दै आएको थिए ।
हत्याको गुत्थी सुल्झिएको छैन
माइला हजुरबुवा पनि जीवनयापन सहज र आफ्नो पारिवारिक भरणपोषणको क्रममा व्रम्हपुत्र (गुवाहाटी)को छेउ छाउमा आएर बस्नु भएको रहेछ । उहाँ त्यहाँ आउँदा माइली हजुरआमा सहित आउनु भएको थियो वा फुपुहरु (२), काका (१) सहित आउनु भएको त्यो स्पष्ट भएको छैन मेरा लागि । त्यसबेला मेरो सोचको फेर पुग्न नसकेर पनि हुन सक्छ । यसबारे कुनै जिज्ञासा लिन नपाएको यथार्थता पनि छ । त्यसतर्फ आफू किन पुग्न नसकेको होला ? हत्याको कारण र त्यससुत्रको सम्बन्ध कति टाढासम्म छिचोलिएको थियो । यी सबै पाटाहरु अध्ययनमा रहेको बुझाई मेरो लागि यथार्थता हुन ।
माइला हजुरबुवाको हत्याको कारणले पछि बुवाहरु एवम् हजुरआमाको मनमा कुनै अत्यासको कारणबाट होला उहाँहरु अचानक भालुकमारीको थातथलो अप्रत्यासित रुपमा छोडेर नेपाल फर्कने तयारी गर्नु भएको रहेछ । आफूले परिश्रम गरेर खनजोत गरेर बनाको जग्गा त्यसबेला कौडीको मूल्यमा बेचेर नेपाल फर्किएको कुरा जेठा मामा गहक सिंह बस्नेतले २०३४ सालताका बताउनु भएको थियो । माइला हजुरबुवाको हत्याको फेर अझैसम्म पनि पक्रिन सकिएको छैन ।
माइला हजुरबुवाका तर्फबाट एक काका रामगन्जको घर आगलागीमा उहाँको अवसान भएको थियो । दुई दिदीहरु मध्ये एकको परिवार अझै भालुकुुमारीमा वसाइ छ भने अर्को दिदीका परिवार विराटनगरस्थितको सेरोफेरो हुँदै काठमाडौंसम्म पुगेका छन् ।
माइला हजुरबुवाको हत्याको गुत्थी अझै त्यस क्षेत्रमा बसोबास गर्ने पराजुली थर आफ्नै वंशलाई थाहा भएको कुरा कान्छा हजुरबुवाका साइला छोरा बखतबहादुर पराजुलीले बताउनु भएको थियो । ती कुरामा उहाँ कति विश्वस्त हुनुहुन्छ ? हत्याको यथार्थता हामी आफन्तले थाहा पाउनु जिम्मेवारी पनि हो । हत्यारालाई चिन्नु तथा उसको हत्याको उद्देश्य पनि थाहा पाउनु पर्दैन र ?
दादाबालाहरुसँग आत्मसात् रहर म यसबेला अमेरिकामा छु । मेरो मनमा विगतका कुराहरु सम्झन जो मलाई भनिएको थियो । ती यादहरु क्रमशः एक पछि अर्को रुपका सिलसिलेवरसँग आउन थालेका छन् । माइलो हजुरबुवाको हत्यपछि बुवा र बडिबा पनि नेपाल फर्कनु भएको कुरा त थाहा पाइयो । माइलो हजुरबुवाको हत्यारा को थियो ? किन केका लागि हत्या गरेको थियो । त्यसको जिज्ञासा बारेको अनभिज्ञताले हत्याराको उद्देश्य प्रकाशित हुन सकेमा माइलो हजुरबुवाप्रतिको घात गर्ने हत्याराको वर्चश्वको हुङ्कारले उसको हत्यारा प्रकृति“को घाँस”दण्डित नहुनु सन्तान दर सन्तान मन दुख्नुको पीडा बोध भएको छ ।
बुवाले धेरै वर्ष अगाडि कपिललाई भेट्न जाने सन्दर्भमा भन्नु भएको थियो “नाति नातिनी भन्ने कुरा अहिले तलाई केही थाहा छैन पछि थाहा पाउँछस्” हुन त म विभिन्न समयमा २००९, २०१२, २०१६ समेत गरेर ३÷३ पटक अमेरिका आएको छु । त्यतातिर डुल्नु र हेर्नु पर्ने मुख्य स्थलको भ्रमण गरिसकेको छु । ती भ्रमण गरिएका स्थल त्यहाँका बारेमा आफ्नो लेखनमा त्यसलाई कलमबद्ध गरिसके र “छिमेकीको अर्घेल्याई” नामक लेखहरुको सङगालोमा पुस्तकको रुपमा दिइसकेको छु ।
कपिल भरर्खरै नेपाल आएर फिर्ता भइसकेको थियो । कपिलको एक छोरी ३ वर्ष हुनै लागेकी छ । कविताको छोरी जन्मिएको पनि १ वर्ष ७ महिना वितिसकेको छ । यी दुवैलाई बोक्ने रहर यी दुवैलाई रिस उठाउने र उनीहरुको प्रतिकृया बुझ्ने र हेर्ने रहरले तिब्रता लिएको थियो । अमेरिका पुगेको दिन छोरी कविताको वासस्थानमा पुगेका थियौं । भोलीपल्ट कपिलले मेलिनालाई लिएर आयो । मेलिनाले मलाई आश्चर्य रुपमा हेरेर तथा भेट होला भन्ने कल्पनासम्म नगरेकी अवस्थामा “बुवा” भनेर प्रतिकृया गरेकी थिइन् । मैले हाथ बढाउने वित्तिकै मतर्फ आएकी थिइन् । मैले ………… उफ्राइ तिर चार पटक गरेको थिए । उ खुशी भई । कविताकी छोरी आभ्या मलाई देखेर लुक्न र भाग्न थालेकी थिइन् । भोलिपल्ट नजिकै आएर बोक्न दिएकी थिइन् । यी दुवैलाई भेटेर स्नेहताको स्नेह छताछुल्ल भयो । यी दुवैलाई काखमा लिएर फोटो खिचे पछि स्वर्गीय आनन्दको अनुभूति भयो । यसपालीको अमेरिका यात्राले पूर्णता लिएको आभाष महसुस भयो ।
Assadhyai raamro laago ..aafno ourkhaako itihaas jaanna pauda..kati ta thaha thiye vane kati chai kurama anavighya pani raheko thaha paaye….