जुलुस
|फेरि निस्किँदैछ एउटा विशाल जुलुस
आफ्ना हराएका सपना खोज्न
र सपना अलपत्र पार्ने
पुरानो जुलुस खोज्न ।
हाम्रो आँसुजस्तै बर्सिने
यी बादलका ओसिला झुप्पाहरू
या हाम्रो छातीजस्तै भत्भती पोल्ने
यो तातो सडक
साक्षी छन्, उसैगरी
यहीँबाट एउटा विशाल जुलुस
गएको थियो उज्यालो खोज्न ।
जुलुसमा थिए लस्करै
मेरा सपनाहरू,
बाआमाका अधुरा योजनाहरू,
श्रीमतीका महत्वाकांक्षी कल्पनाहरू
र, सिङ्गै, समाजका आकांक्षाहरू
जुलुस बढ्दै गयो
शालिक भत्काउन
पर्खाल नाघ्न
र, सुन्दर बिहानी डाक्न
हामी सबैका साझा विपना ल्याउन ।
हो वर्षौंपछि फेरि
हामी अर्को जुलुस निकालिरहेछौं
र, खोजिरहेका छौँ
उही पुरानो जुलुस
जसले अलपत्र पारेको थिच्ने
हामी सबैका कल्पना, सपना र आकांक्षाहरू
र, पर्खाल भत्काउनुको सट्टा
आफैँ शालिक बनेका थिए उनीहरू ।
फेरि निस्किँदै छ एउटा जुलुस
आफ्ना हराएका सपना खोज्न
र, पुरानो जोशको निरन्तरता पछ्याउन ।
२०६३
पदम जी, सम्झें –
आमा त्यो आउँछ र ?
हो त्यो (जुलुश) पक्कै आउँछ ।
तर अहिले यस्तो लाग्दैछ-
उनीहरू पहिले खै कस्लाई लिन आएका थिए रे नि
म उनीहरूजस्तो थिइन
त्यसैले केही पनि बोलिन
फेरि कस्लाई कस्लाई लिन आए
म कहिल्यै कसैका लागि बोलिन
तर जब मलाई नै लिन आए
मेरा लागि बोलिदिने कोही थिएन ।
कविता पढ्ने मौकाबाट बन्चित नगर्नुहेला है कवि ज्यू !