शिक्षा सदनको तेस्रो वार्षिकोत्सव
|
अमेरिकाको भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजद्वारा सञ्चालित नेपाली भाषा पाठशाला ए एन एच एस शिक्षा सदनले एक कार्यक्रमकाबिच सरस्वती पूजा तथा तेस्रो वार्षिकोत्सव मनायो । सरस्वती बन्दना र शंखध्वनिबाट शुरू यस कार्यक्रममा सदनका विद्यार्थीहरुले नेपालको र अमेरिकाको राष्ट्रिय गान पनि प्रस्तुत गरेका थिए ।
सो अबसरमा समाजका अध्यक्ष कमला खरेल,हे मार्केट सिटी काउन्सिलका सदस्य तथा समाजका संरक्षक मधु पन्थी,योगा प्रशिक्षक दधि ढुङ्गाना,पाठशालाका छात्रा स्मृति उपाध्याय,स्वयंसेवी सहयोगी विशेष ढुङ्गाना, अभिभावक विज्ञान श्रेष्ठलगायतका वक्ताहरूले नेपाली भाषा संस्कृतिको महत्वका बारेमा चर्चा गर्नु भएको थियो |
कार्यक्रममा सदनका संयोजक रोम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत र स्वयंसेवी शिक्षक शिव लामिछानेले तैयार हुँदै गरेको पाठ्यपुस्तकका बारेमा समेटिने विषयवस्तुबारे जानकारी गराउनु भएको थियो | त्यस्तै समाजको अध्यक्ष खरेलले समाजले नेपाली पाठशाला,मन्दिर तथा सामुदायिक भवनका लागि जमीन खरिदको प्रक्रिया लगभग पूरा गरिसकेको उल्लेख गर्दै सहयोग गर्न पनि आह्वान गर्नु भएको थियो ।
यसै अबसरमा विभिन्न समूहमा सञ्चालित कक्षाहरूमा प्रथम द्वितीय र तृतीय हुने छात्र-छात्रा आरुषी कडेल, दीक्षा ओली र सदीक्षा ढुङ्गाना ,अनुष्का वाग्ले, आरोन अधिकारी,प्रतीक उपाध्याय,कञ्चन दाहाल,पृसब श्रेष्ठ,चाहत तिम्सिना,सिश्रिक्षा ओझा, कृतिका अधिकारी र आर्नव गौतमलाई शिक्षकहरु विष्णु न्यौपाने,सरिता उपाध्याय,शिव लामिछाने,तनुजा अधिकारी र जानु बरालले पुरस्कार प्रदान गर्नुभयो ।
पाठशालाको सबै तहमा उत्कृष्ट हुने चार जना छात्र-छात्रामध्ये पदम रेग्मीले स्थापना गर्नुभएको जनही १०० डलर ३ जनालाई र शिव लामिछानेले स्थापना गर्नुभएको १०० डलरको पुरस्कार तथा प्रमाणपत्र पनि दाताहरूले नै प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा पाठशालाका बिद्यार्थीहरू सम्बोधन पोखरेल,ऋतिष्मा ढकाल,अभिज्ञा लामिछाने,संस्कृति बस्नेत,काजल पन्थी,सुनीता अधिकारी,आभाष अर्याल,छात्र स्वीकार श्रेष्ठ,कृतिका अधिकारी तथा नृत्य प्रशिक्षिकहरू संस्कृति बस्नेत र विवेचना निरौलालगायतले गीत,नृत्य,प्रहसन,कविता तथा अधिकाँश विद्यार्थीहरूले विभिन्न समूहमा रहेर सामूहिक नृत्य पनि प्रस्तुत गरेका थिए |
वार्षिकोत्सव अबसरमा आयोजित कार्यक्रममा विद्यालय सञ्चालनका लागि खेलिएको राफल/चिठ्ठाका विजेताहरूको पनि छनौट गरिएको थियो | पाँच पुरस्कारहरु राखिएको यस कार्यक्रमबाट करिव ३५ सय डलरको पुरस्कार वितरण तथा करिव ३५ सय डलर आम्दानी हुन सक्ने अनुमान गरिएको छ |
सन् २०१६ को फरवरी १२ श्रीपञ्चमीका दिन अमेरिका नेपाल सहयोगी समाजद्वारा स्थापना भएको यस सदनले स्थानीय एक विद्यालयमा नेपाली समुदायका बालाबालिकहरुका लागि विभिन्न चार तहमा नेपाली भाषा कक्षा सञ्चालन गर्दछ । सदनको संयोजन रोम ज्ञवाली तथा स्वयंसेवी शिक्षक जानु ओझा,शिव लामिछाने,तनुजा पोखरेल,विष्णु न्यौपाने,सरिता उपाध्याय र सुसन सेञ्चुरी हुनुहुन्छ । यस्तै नृत्य शिक्षिका अभिज्ञा लामिछाने र स्वयंसेवी शिक्षक सहयोगीहरू संस्कृति बस्नेत र विशेष ढुङ्गाना हुनुहुन्छ ।
हरेक आइतवार बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुँदै आएको पाठशालमा अभिभावकहरुका लागि निशुल्क योग प्रशिक्षक दधि ढुङ्गाना र सुनिता सुवेदी रहनुभएको छ । कार्यक्रम गत शनिवार फेब्रुअरी ९ तारिख च्यान्टिलीस्थित सन्त निरंकारी मण्डलको सत्संग भवनमा आयोजना गरिएको थियो |
तस्वीर: शिव तिम्सिना

नेपाली पोस्टलाई धन्यवाद समाचार सम्प्रेषणका लागि !