भर्जिनियामा गाडी दूर्घटनामा परी अन्जिल र सुविदको निधन
|

गएको फेब्रुअरी १६ शनिबार विहान साढे चारबजे डल्लास एयरपोर्ट नजिकै राउट २८ फेयरफ्याक्स काउन्टीमा भएको कार दूर्घटनामा परि निधन हुने अन्जिलकाजी थापा उमेर २८ र सुविद सिंह उमेर २९ को निधन भएको थाहा भएको छ ।
नेपाली पोष्टलाई प्राप्त जानकारीअनुसार फेब्रुअरी १९ मा अन्जिलकाजीको फिंगरप्रिन्ट र पुरानो एक्सरेका कागजहरुबाट अन्जिलकाजी नै भएको उनको परिवारले पहिचान गरेको छ ।
अन्जिलकाजी विगत २०११ सालदेखि भर्जिनियाको भियनामा आफ्ना मातापिताका साथ बस्दै स्थानीय आइनोभा कलेजमा अध्ययनरत थिए । उनको नेपाल घर भने विराटनगर भएको नेपाली पोष्टलाई जानकारी आएको छ ।
त्यस्तै सुविद सिंह भने भर्जिनियाकै सिल्भर डाइनर रेस्टुरेन्टमा मेनेजर थिए । सिंहका परिवार केही वर्षदेखि अमेरिकाकै न्युह्याप्सायरमा बसोबास गर्दै आएका छन् ।
सुविद र अन्जिलकाजी दुवै साथीहरु रहेका र उनीहरु सो राती एक अर्को साथीकोबाट आ-आफ्नो घरतिर जाँदै गर्दा होण्डा सिआरभी गाडी पोलमा ठोक्किएर दूर्घटना भएको थियो ।
गाडी र दुवै यात्रुहरु जलेको अवस्थामा स्थानीय प्रहरीले फेला पारेको र प्रहरीले एक मृतकको सिक्री फेला पारेको सूचना जारी गर्दै स्थानीयबासीहरुलाई पहिचानका लागि आग्रह गरेको थियो । दुवै अविवाहित रहेका छन् ।
दूर्घटनामा निधनभएकाहरुको अन्तिम संस्कार गर्नका लागि गोफण्डबाट रकम संकलन गर्दै मृतकका साथीहरुले सहयोगका लागि स्थानीयबासीसँग आग्रह गरेका छन् ।
Funeral Expenses for Subeed and Anjil
https://www.gofundme.com/funeral-expenses-for-subeed-and-anjil?utm_source=facebook&utm_medium=social&utm_campaign=fb_dn_postdonate_r&fbclid=IwAR2hAObGiQMvf_y0fAOzCaK2TcmaQTFbWEJ8rVNacMFUOsOV9tJm3mUnVz8
