नयाँ कथा बुन्न सिकौं

हिजो बाचा गरेका कुरा कहाँ गए हजुर ?
झन् बढ्यो चुरिफुरी तिम्रो, बढ्यो गजुर !
आजकल बल्ल तिम्रो कुरोको चुरो बुझिंदैछ
सत्य कमै सुनिन्छ,तर देखिन्छ जरूर ।

मेरो कुरामा हिंसा नभड्काउने भन्ने कुरा छ
सबै काम अब नअड्काउने भन्ने कुरा छ
खाली मेरो कुरा कति भ्रस्टाचार गर्नु हुन्छ ?
मात्र अब त नपड्काउने भन्ने कुरा छ ।

वाहवाहि मात्र हैन बिरोध पनि सुन्न सिकौं
बोलि बन्द हैन बरु सबका कुरा सुन्न सिकौं
आफ्नै मात्र कुरा कति बरु बिरोध गर्नेकै कुरा टिपेर
सबैलाई मन पर्ने एउटा नयाँ कथा बुन्न सिकौं ।

3 Comments

Leave a Reply to Arjun lamsal Cancel reply

Your email address will not be published. Required fields are marked *