अमेरिका नेपाल शिक्षा सदनको संक्षिप्त चिनारी

अमेरिका नेपाल शिक्षा सदनको संक्षिप्त चिनारी
ANHS ACADEMY
परिचय
अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) सन् २०१६ को फरबरी १२ मा अमेरिका नेपाल सहयोगी समाजअन्तर्गत एक नाफारहित शैक्षिक संस्थाका रूपमा स्थापना भएको हो । स्थापनाकालदेखि नै यस शिक्षा सदनले मनासस र वरपरका क्षेत्रमा रहेका नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषाशिक्षण कक्षा र अन्य साँस्कृतिक कार्यव्रmमहरू सञ्चालन गर्दै आएको छ ।

लक्ष्य र दृष्टिकोण
‘प्रवासमा हाम्रा बालबालिकालाई हाम्रो देश र संस्कृतिसित जोडौँ’ भन्ने नाराका साथ यस शिक्षा सदनको स्थापना भएको हो । कुनै पनि किसिमको सांस्कृतिक रिक्ततालाई भाषाले मात्र पूरा गर्न सक्छ भन्ने तथ्य विवादरहित छ । हाल यस शिक्षा सदनले नेपालबाट आएर अमेरिकामा बसोवास गरिरहेका नेपाली समुदायका बालबालिकालाई सजिलोसित नेपाली बोल्न, पढ्न र लेख्न सक्ने बनाउनका लागि उनीहरूमा दरिलो भाषिक जग बसाल्ने एकमात्र उद्देश्यका साथ नेपाली भाषाशिक्षण कक्षा सञ्चालन गरिरहेको छ । हाम्रा समृद्ध अनि अनुपम नेपाली सांस्कृतिक सम्पदाकै कारण नेपाली समुदायका मूल्य र मान्यताहरू प्रवासमा पनि स्थापित भएका छन् । शिक्षा सदनले हाम्रा यिनै सम्पदालाई प्रवासमा जन्मेहुर्केका नयाँ पुस्ताका हाम्रा बालबालिकामा हस्तान्तरण गर्नका लागि दक्ष विशेषज्ञहरूबाट विशेष रूपले तयार पारिएको सरल एवं व्यावहारिक पाठ्यक्रमका माध्यमबाट नेपाली भाषा, संस्कृति र चाडपर्वहरूसित उनीहरूलाई परिचित गराउने लक्ष्य राखेको छ ।

यसका लागि हामी यस शिक्षा सदनमा अध्ययन गरिरहेका हाम्रा बालबालिकाले कक्षामा हासिल गरिरहेको स्तर अनि उनीहरूको भाषिक विकासका लागि हामीले तयार गरेको पाठ्यक्रमको स्तर दुवैलाई नियमित रूपमा समीक्षा गर्दछौँ । विभिन्न तहमा उत्कृष्ट बालबालिकालाई नगद छात्रवृत्तिको व्यवस्था गरी भाषा अध्ययनमा थप प्रोत्साहन गर्ने गर्दछौँ । भाषाशिक्षणमा अभिभावकलाई निरीक्षण र स्वयंसेवा गर्न पनि अवसर दिइन्छ ।

नियमित कक्षाकोठामा बालबालिकाहरूसित रहनुभएका शिक्षकवर्ग, अभिभावकजन तथा समुदायका सदस्यहरूको अनुभवबाट प्राप्त सुझावका आधारमा यो समीक्षा हुने गर्दछ । शिक्षा सदनले यसै वर्षदेखि विद्यार्थीका बाबुआमा र अ इच्छुक व्यक्तिहरूलाई सहभागी गराई योगप्रशिक्षण कक्षासमेत सञ्चालन गरिरहेको छ ।

कक्षाशिक्षण विधि
सहभागिताका माध्यमबाट भाषासिकाइमा बालबालिकालाई सिकाइमा प्रोत्साहित गर्न गतिशील रूपमा श्रव्यदृश्य सामग्रीसमेतको प्रयोगबाट शिक्षण तथा अभ्यास गराइन्छ । व्यक्तिगत रूपमा विद्यार्थीसम्म पुग्नका लागि सहज हुने किसिमले बढीभन्दा बढी अन्तरव्रिmयात्मक विधिको पाठ्यव्रmम तयार गरिएको छ ।

हाम्रा सबै विभागका सदस्यहरू विषयवस्तुमा हाल र विगतको शिक्षण अभ्यासका कारण उच्च रूपमा दक्ष छन् । साथमा बालबालिकालाई विद्यालय आउन थप रुचि बढोस् भनी हामीले इच्छुक बालबालिकाका लागि नेपाली भाषाका गीतसंगीतमा आधारित नृत्यको कक्षा सञ्चालन पनि नियमित गरेका छौँ ।

हाम्रा कक्षाहरू
१. भाषाशिक्षण कक्षा : विगत तीन वर्षदेखि हामी नेपाली भाषाशिक्षण कक्षा सञ्चालन गरिरहेका छौँ जहाँ नेपाली बोल्न नजान्ने बालबालिकाका लागि नेपाली बोल्न अभ्यास गराइन्छ । लेख्नका लागि अक्षर, मात्रा, शब्द र वाक्यज्ञानबारे पढ्न र लेख्न अभ्यास गराइन्छ । साथमा नेपाली संस्कृति, चाडपर्वहरू तथा नेपालका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विषयक ज्ञान दिइन्छ । कक्षाहरू बालबालिकाको उमेर तथा नेपाली भाषामा उनीहरूको ज्ञानका आधारमा देहायअनुसार विभाजन गरिन्छन् ः
सिकारु तह
आधारभूत तह
प्रवीणता तह
उच्च तह (नयाँ कक्षा)

२. नृत्य कक्षा : हामी आधारभूत र प्रवीणता तहको नृत्य कक्षा सञ्चालन गर्छौँ । नृत्यमा रुचि र रहर भएका बालबालिकाका लागि मात्र यो कक्षा सञ्चालन गरिन्छ । शिक्षा सदनका सबै बालबालिकालाई नृत्य कक्षामा सहभागी हुनु अनिवार्य छैन ।

३. योगाभ्यास कक्षा : अमेरिका नेपाल शिक्षा सदनका विद्यार्थीका बाबुआमा र समुदायका अन्य इच्छुक वयस्क नेपालीलाई प्राणायाम र ध्यानसहितको योगाभ्यास कक्षा सञ्चालन गरिन्छ । हप्तामा एक दिन यसप्रकारको प्रशिक्षण दिनाले सहभागीहरूलाई नियमपूर्वक योगाभ्यास गर्न सहज हुनेछ ।

अन्य कार्यक्रमहरू
स्वास्थ्यचेतना तथा स्वास्थ्य परीक्षण : शिक्षा सदनका बालबालिकाहरू र अभिभावकहरूलाई स्वास्थ्यपरीक्षण र अन्य स्वास्थ्यसल्लाह सम्बन्धमा स्वास्थ्यविशेषज्ञ, चिकित्सक तथा दन्त विशेषज्ञद्वारा समयसमयमा स्वास्थ्यसम्बन्धी उपयोगी प्रवचन तथा स्वास्थ्यपरीक्षण शिविर पनि सञ्चालन हुने गरेका छन् ।

वनभोज कार्यक्रम : अमेरिका नेपाल सहयोगी समाजले हरेक वर्षको जुन महिनामा वनभोज आयोजना गर्दछ । यस शिक्षा सदनका शिक्षक, विद्यार्थी, अभिभावक, स्वयंसेवीहरू अमेरिका नेपाल सहयोगी समाजका सदस्यहरू वनभोजमा सहभागी हुन्छन् । विद्यार्थीहरूलाई उत्साहित बनाउन विभिन्न खेलकूद र अन्य रमाइला कार्यव्रmम समावेश गरिन्छ ।

शैक्षिक भ्रमण: हरेक वर्ष एउटा शैक्षिक भ्रमणको आयोजना गरी विद्यार्थीहरूलाई भ्रमणमा लगिन्छ । गत वर्ष शिक्षा सदनले च्यान्टिलीमा अवस्थित एयर एन्ड स्पेस म्युजियममा शैक्षिक भ्रमण लगेको थियो । शैक्षिक भ्रमण कहाँ लैजाने भनेर विद्यार्थी र अभिभावकको रुचि अनि हामीले व्यवस्थापन गर्न सक्ने आधारमा निर्णय लिइन्छ ।

तीज पर्व : हरितालिका तीजको पावन अवसरमा अमेरिका नेपाल सहयोगी समाजले हरेक वर्ष तीज मेला आयोजना गरिरहेको छ । डीसी मेट्रो क्षेत्रमा रहेका नेपाली महिलाहरू तीजका अवसरमा भेला भई परम्परागत गीत र नृत्यमा रमाउँछन् । अमेरिका नेपाल शिक्षा सदनका बालबालिकाहरूले सो उत्सवमा नृत्य प्रस्तुत गर्दछन् ।

देउसी-भैलो: हाम्रा नयाँ पुस्ताका बालबालिकालाई प्रवासमा नेपाली संस्कृति र परम्परासित परिचित गराउने उद्देश्यले यस शिक्षा सदनले हरेक वर्ष तिहारका अवसरमा अमेरिका नेपाल सहयोगी समाजले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा बालबालिकालाई सहभागी गराउँदछ ।

बालबालिकाको उमेर समूह
नेपाली भाषा अध्ययनका लागि यस शिक्षा सदनमा आउने बालबालिकाको उमेर चार वर्षदेखि १४ वर्षसम्म रहेको छ ।

कक्षा हुने दिन-समय
हरेक हप्ताको आइतवार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म कक्षा सञ्चालन हुने गर्दछ । मौसम प्रतिकूल भएको अवस्थामा वा पर्वविशेषमा पूर्वसूचना दिएर कक्षा स्थगित गरिन्छ ।

भर्ना शुरु हुने समय
सबै तहका कक्षाहरूमा नेपाली भाषा अध्ययनका लागि शैक्षिक सत्रभरि नै भर्ना खुला हुनेछ । विशेष गरी बालबालिकाहरू कुन तहको कक्षामा सहभागी हुन योग्य छन् भन्ने कुराको जाँच हाम्रा विभागीय सदस्यहरूले नेपालीभाषामा बालबालिकाको दक्षताको स्तरको मूल्याङ्कन गरेरमात्र निर्णय गर्दछन् ।

अमेरिका नेपाल शिक्षा सदनको हालको ठेगाना
Stonewall Middle School
10100 Lomond Drive Manassas VA 20109

अभिभावकवर्गमा हाम्रो सादर अनुरोध
हामी हाम्रा अभिभावकहरूलाई आफ्ना छोराछोरीको नेपाली सिकाइको स्तर उच्च बनाउनका लागि हरेक दिन कम्तीमा आधा घन्टा भान्सामा काममा होस् वा टीभी हेर्दाको समयमा होस् वा अरू केही, उनीहरूसित नेपाली बोल्ने अभ्यास गराउन उच्च रूपमा सिफारिश गर्दछौँ ।

यस्तो अभ्यासमा बालबालिकाले विद्यालयबाट ल्याएको गृहकार्य पूरा गर्न लगाउने, नेपाली भाषाका सरल बालकथाहरू पढ्न लगाउने तथा नेपाली टेलिभिजनका कार्यक्रमहरू हेर्न प्रोत्साहित गर्नेसमेतका कुराहरू पर्दछन् । उनीहरूका लागि यहाँहरूले युट्युबबाट नेपाली सांस्कृतिक वृत्तचित्रहरु, नेपाली प्राकृतिक सौन्दर्य एवं सामाजिक अवस्था समेटिएका वृत्तचित्रहरू हेर्न लगाउन सक्नुहुनेछ ।

विगत तीन वर्षदेखि निरन्तर रुपमा विभिन्न भूमिकामा यस शिक्षा सदनको नियमित सञ्चालनमा सहभागी हुनुहुने सबै अभिभावकवर्ग र शुभचिन्तकहरूमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ । हाम्रो गौरवमय नेपाली सम्पदा र संस्कृति तथा तिनको मूल्यमान्यताबारेका ज्ञान हाम्रा छोराछोरीसम्म पु¥याउने हाम्रो साझा लक्ष्य पूरा गर्नका निमित्त हामी सबैले एकसाथ काम गरौँ भनी सबैसित विनम्र आह्वान गर्दर्छौँ ।

अमेरिका नेपाल शिक्षा सदन
Email : anhsacademy@gmail.com

स्रोत:अमेरिका नेपाल शिक्षा सदनको परिचय पुस्तिका

तस्वीर: शिव तिम्सिना

Add a Comment

Your email address will not be published. Required fields are marked *