भ्रष्टाचारका मतियारहरू जेल जान तयार होऊ

”पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मको हैसियत निषेधित थियो । इतिहाँस निषेधित बन्यो । त्यसैले अहिलेका समस्त त्रुटिका प्रशासनिक र राजनैतिक जिम्मेवारी ओली, प्रचण्ड र संविधान निर्माणमा विधि र प्रकृयालाई स्थायी नदिने अनि इतिहासलाई निषेध गर्ने नेपाली काँग्रेस लगायतका सबै राजनैतिक शक्तिहरुले लिनु पर्ने स्पष्ट छ”

युवराज घिमिरे  पत्रकार
२०७५ माघ १९ शनिवार

“यसै श्रृङ्खलामा उदायो माओवादी जनयुद्ध नामको एउटा त्रशादीपूर्ण नाटक ! यसका राजनीतिका प्रधानता तीनओटा कुरामा आधारित रहे (१) वर्ग संघर्षलाई जातीय संघर्षमा रुपान्तरण गर्नु (२) राज्यका आर्थिक संस्थाहरु लुट्नु (३) राज्यका विकासका आधारभूत संरचना जस्तै विद्युत उत्पादन गृहमाथि आक्रमण गर्नु । राज्यलाई असफल पार्ने खेलको यो अर्को कडी थियो । यो मूलतः भारत नियन्त्रित थियो । तर जातीयताको खेल भने माओवादी भित्र पश्चिमी योजनाकै अंश थियो । यी दुवै कुरा रिम भन्ने कम्युनिष्ट अन्तर्राष्ट्रिय संस्थाले माओवादीलाई हटाएबाट प्रभावित हुन्छ ।”
युवराज संग्रौला (पीएचडी), अन्नपूर्ण पोष्ट, २०७४ साउन २

हिटलरको सेना आयो ।
मेरो एउटा छिमेकीलाई लिएर गयो ।
म केही बोलिन
किन भने ऊ कम्युनिष्ट थियो ।
फेरी हिटलरको सेना आयो ।
मेरो अर्को छिमेकीलाई लिएर गयो ।
फेरी, पनि म केही बोलिन ।
किन भने ऊ यहुदी थियो ।
तेश्रो पटक हिटलरको सेना
मलाई नै लिन आयो
मेरा पक्षमा बोली दिने
मानिस कोही पनि जीवित थिएन ।
एक जर्मन कवि

यो माथि राखिएको कविता हिटलर सहित सैनिकहरुले पुलिसहरुलाई गरेको व्यवहारको प्रसङ्ग यहाँ दोहो¥याइएको छ । प्रचण्ड र बाबुरामको नेतृत्वमा जनयुद्धको नाममा १७ हजार नेपालीको हत्या तथा वेपत्ता पारिएको थियो । मुलुकभरी आतङ्कको सिर्जना गरेर राजतन्त्रलाई सखाप परिएको थियो । देशभरि आतङ्कको सिर्जना गर्नुका पछाडि त्यसलाई पुट दिनका लागि भारतीय सरकार लागि परेको यथार्थता यसबेला नेपाली जनतालाई स्पष्ट भएको छ । अप्राकृतिक भारतीय संरचनामा निर्माण गरिएको माओवादी कम्युनिष्ट पार्टीको आवरणमा भारतीय सेनाको छद्मभेषमा नेपाली सेनाको व्यारेक ध्वस्तदेखि लिएर भारतीय सहयोगमा निर्माण भएका कलकारखाना, भौतिक संरचनालाई छोइएको थिएन । अन्य विदेशी मुलुकबाट बनाइएका कलकारखानादेखि लिएर नेपाली जनताको आर्थिक मनोवल उठाउने आदिलाई धारासायी बनाउन मटियामेट पार्न भारतीय सरकारको ग्राण्ड डिजाइनै थियो ।

देश जीवन मरणको दोसाँधमा
भारतीय शासन सत्ताले गरेको नाकाबन्दी र त्यसमा आम नेपाली जनताले दिएको दुई तिहाईको समर्थनमा ओली सरकारको दोश्रो पटक उदय भएको छ । उनी आउँदा–आउँदै अरुण प्रोजेक्टलाई अघि बढाउनु नेपाली ठेकेदारहरु नै सक्षमा हुँदा–हुँदै भारतीय कम्पनीलाई सुपुर्दगी गरिनु, उनमा उभिएको देशभक्ति महाकाली सन्धी माथि फेरि चिप्लिएको छ । यसबाट फेरि के स्पष्ट हुँदै गएको छ भने प्रधानमन्धी ओली देशमा नेपाली ठेकेदार कम्पनीले निर्माण होस् भन्ने पक्षमा किन छैनन् ? ती राष्ट्रवादी कित्ताबाट किन ओझेल हुँदैगइरहेका छन् ? निर्मला पन्तको वलत्कार पछि हत्याकाण्ड, ३३ किलो सुन प्रकरण, वाइडवडी विमान खरिद प्रकरणमा मुछिएका भ्रष्टचारीहरुको उन्मुक्ति । अख्तियार प्रमुखलाई राजीनामा दिलाउन लगाएर उनलाई जेल हाल्नबाट बञ्चित गरिनुका पछाडि उनी देशम कस्तो शासन व्यवस्था स्थापित गर्न गराउन उद्दत भएका छन् । आम नेपाली जनतालाई उनको देशभक्ति राष्ट्रियता प्रतिको जिम्मेवारीमा चिप्लिएको भान हुन्छ ।

दक्षिणी सिमानामा भारतीय सेनाको हस्तक्षेप प्रकरण र दिनदिनै सिमाना माथि अतिक्रमण बढिरहेको छ । भारतीय सेनाद्वारा मारिएका गोबिन्द गौतमप्रति भारतीय सरकारका तर्फबाट क्षतिपूर्ति दिइनु पर्नेमा दिइरहेको छैन । यी पंक्ति लेखुञ्जेलसम्म भारतीय सरकारद्वारा क्षमा याचना तथा शहीद गौतम परिवारप्रति क्षतिपूर्तिको व्यवस्था गरेको छैन । नेपाल सरकारका तर्फबाट यस किसिमका घटनाहरु नदोहो¥याउनका लागि नेपाल स्थित भारतीय दूतावासमा कुनै विरोध जनाएको छैन ?

नेकपा र नेपाली काँग्रेस तथा अन्य दलहरु समेत मिलेर नीतिगत भ्रष्टचार भइरहेको छ । अख्तियार प्रमुख पाठकलाई राजीनामा दिन लगाएर उसलाई पेन्सनबाट सुरक्षित राख्न सत्तापक्ष र प्रतिपक्षमा मिलिभगत भ्रष्टाचारका श्रृङ्खलालाई देख्न सकिन्छ । अख्तियार प्रमुख पदमा नियुक्त गर्दा नै मिलिभगत र लेनदेनका कारणहरु स्पष्ट भएका छन् । त्यसैकारण मुलुक यसबेला भ्रष्टाचारबाट थला परेको छ ।

भ्रष्टाचार प्रकरण

राष्ट्र निर्माण पृथ्वीनारायण शाहले घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन् भनेर व्याख्या गरेको पनि झण्डै–झण्डै ३०० वर्ष वितिसकेको छ । चीनमा भ्रष्टाचारीलाई र देशद्रोहीलाई मृत्युदण्ड दिने प्रावधान छ । छिमेकी भारतमा पनि भ्रष्टाचारले नेपाल जस्तो संस्थागत प्रारुपमा आएको छैन । भारतले तत्कालीन प्रधानमन्त्री नरसिंहरावलाई पार्टीको सुदृढीकरणका लागि चुनावको लागि लिइएको कारणबाट ऊ भ्रष्ट भएको अभियोगमा आजीवन जेल सजाय दिइको थियो । उनको मृत्यु जेल मै भएको थियो ।

संसार भरिका भ्रष्ट राष्ट्रहरुको सूचीमा ५० औं राष्ट्रको रुपमा यस मुलुकले प्रख्याती पाएको छ । हामी आफ्ना गौरव तथा आम नेपालीका लागि, नेपाली जातीको लागि शीर झुकाएको छ । हामी नेपाली जनता यसबेला भ्रष्टाचारीहरुको लपुटमा लपेटिएका छौं । केही पनि गर्न नसक्ने लाछीको रुपमा हामी नेपाली आमर्यादित रुपमा चित्रित भएका छौं ।

प्रधानमन्त्री ओलीको इमान्दारीता

प्रारम्भिक राजनैतिक धरातल के कस्तो थियो भन्ने कुरा झापाली जनताबाट लुकेको छैन । आर्थिक स्थीतिमा विहान बेलुका के खानु भन्ने स्थितिबाट गुज्रिएका हुन् । उनी राजनैतिक कार्यकर्तादेखि यस पटक २ पटक प्रधानमन्त्री भएका छन् । विभिन्न समयमा पार्टीका भूमिका निर्वाह गर्दै आउनु भएका ओलीको पुर्खौली सम्पत्ति त्यसबेला देखिएको थिएन । उनी कुनै पेशामा कार्यरत भएका पनि थिएनन् । तत्कालीन पंचायती व्यवस्थाताका १४ वर्ष जेल जीवन व्यतित गरेका व्यक्ति हुन् ओली । काठमाडौंमा यसबेला २÷२ वटा सुविधा सम्पन्न घर जोडेको देखिएको छ । वैंकमा ४० लाख नगद र १५ तोला सुन उनी सँग सुरक्षित छ ।

अरु अदृश्य सम्पत्ति के के छ त्यो उल्लेख भएको छैन । मैले पढ्दै आएको कुरा यहाँ दोहो¥याँउछु । कम्युनिष्ट देशभक्त हुन्छन्, कम्युनिष्ट इमान्दार हुन्छन् भन्ने धारणा सिकाइँदै आइएको छ । जब–जब उनी बिरामी भएर विदेश जाँदा त्यसबेला औषधी उपचार खर्चको खर्च बुझाउँछन् । जब फर्किन्छन् त्यसको हिसाब किताव बाँकी रहेको रकम तत्काल बुझाउनु पर्दैन ? कम्युनिष्ट प्रधानमन्त्रीको नाताले आफैले उदाहरणीय बन्नु पर्छ । ती फेहरिस्ता सम्बन्धित लेखामा बुझाएका छन् भने फर्किएको रकम लेखामा बुझाएको भए ती इमान्दारी कम्युनिष्टको कित्तामा किन पर्दैैन ? यदि बुझाएका छैनन् भने उनी कम्युनिष्टको कित्तामा पर्दैनन् । देशभक्तको कित्तामा पनि पर्दैनन् । यसो भन्नु अन्यथा पनि हुने छैन । एउटा कम्युनिष्ट प्रधानमन्त्रीको हैसियतले आउँदाहरुको निम्ति आफूले नैतिक जिम्मेवारीको फेहरिस्ता बुझाउनु पर्दैन र ? मेरो आसय अनुसार कम्युनिष्ट भनेको कुनै पनि कुरामा पारदर्शी हुनुपर्छ । सामान्य मान्छेको नजरमा पनि उसका व्यवहारबाट निस्कलंकित हुनुपर्छ । उसलाई जुन सुकै कोणबाट जाँचे पनि ऊ दुरुस्त हुनुपर्छ । यसैले भन्ने गरिन्छ कम्युनिष्ट भनेको कोशी नदि जस्तै स्वच्छ हुनुपर्छ । कम्युनिष्ट हुनु भनेको नै आफूलाई फेर्नु हो । आफू नफेरिकन देशलाई फेर्छ भन्ने कुरा वाहियात हो ।

प्रसङ्ग

नेपाल कम्युनिष्ट आन्दोलनका प्रवर्तक पुष्पलाल श्रेष्ठ हुँदै, आदरणीय कमरेड मनमोहन अधिकारी हुँदै आदरणीय कमरेड मदन भण्डारीले थामेको यो विरासत हो । त्यसको व्यस्तताको रुपमा यो विरासत यसबेला बहालवाला प्रधानमन्त्री के. पी. ओलीलाई प्राप्त भएको छ । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ । यी माथिका नेताको जीवन स्तर सरल थियो । कसैले पनि आर्थिक स्थितिमा ¥याल काढेको पाइएको थिएन । कसैले पनि आर्थिक स्थितिमा कहिल्यै सम्झौता गरेका थिएनन् । नेपाली कम्युनिष्ट विरासतमा आर्थिक घोटला विरुद्धको उद्घोष थियो । ती उद्घोषलाई उहाँहरुले जीवन पर्यन्त निर्वाह गर्नु भयो ।

जब–जब पुष्पलाल श्रेष्ठलाई पञ्चायती व्यवस्थाले टिक्न र खान नदिए पछि वनारस आउनु भएको थियो । भूमिगत रुपमा पार्टीमा आफूलाई लुकिछिपी व्यस्त जीवन निर्वाह गर्नु भएको थियो । विहानको खाना कहिले बेलुका हुन्थ्यो । पार्टीको कार्यमा आफूलाई व्यस्त राख्नुभएको थियो । कहिले नखाइ पनि सुत्नु हुन्थ्यो ।

आदरणीय दाइ कोशराज रेग्मीले पु्ष्पलाल श्रेष्ठको प्रसङ्गमा भन्नु भएको थियो । एकपटक पुष्पलाल श्रेष्ठले आफूलाई खोज्दै आउनु भए पछि “लौन कोशराज जी ! मलाई खाना खुवाउनुस् हिजोदेखि खाएकै छैन ।” नेपाल कम्युनिष्ट पार्टीप्रति प्रतिवद्धता भएका नेताको यस्तो हालत भन्दै आफूले उहाँलाई होटलमा लगेर खाना खुवाउनु भएको थियो । ती अतीतका झझल्को कम्युनिष्ट पार्टीप्रति प्रतिवद्धता नेताहरुको जीवनीको आफ्नो पार्टीबाट पनि गुज्रिएका छन् । खुद के. पी. ओली पनि यो स्थितिबाट गुज्रिएर हिडेका, हण्डर खाएका नेता हुन् यसमा कुनै शंका छैन ।

के.पी. ओलीले नाकाबन्दीमा देखाएको राष्ट्रियतालाई यसबेला उनले निरन्तरता दिएका छन् जस्तो लाग्दैन । अरुण नदी प्रोजेक्ट आफै मुलुकका ठेकेदार कम्पनी सक्षम हुँदा–हु्ँदै किन भारतीय ठेकेदार तथा विदेशी कम्पनीलाई ठेक्का दिएछन् जुन ठेक्का यसबेला अलपत्र भएको छ । अरुण नदी प्रोजेक्टमा अग्रज कम्युनिष्ट नेता कमल कोइरालाले खड्ग ओली राष्ट्रवादी होइनन् । महाकाली सन्धीमा गरेको राष्ट्रघातलाई विर्सेर नाकाबन्दीमा सम्पूर्ण नेपाली एकाकार भए । भारतीय राजदूतसँगको मिलेमतोमा नेपाली जनतालाई दिग्भ्रमित पार्दै वर्षेनी खरबौं रुपैयाँको सपना बाँडेका थिए । यसबेला ती सपनाको हत्या भएको छ । ती सपनालाई जोड्ने कार्य यी पंक्ति लेखुन्जेलसम्म के गरेका छन् जनतालाई सूचना दिनु नपर्ने जस्तो भएको छ । त्यतिमात्र होइन, पंचेश्वर परियोजनाका सम्बन्धमा महाकाली सन्धि पश्चात् लिङलिङ गरेको थाहा भएको छ । भारत पञ्चेश्वर परियोजनाबाट अलग्एिको छ ।

भ्रष्टाचारमुक्त नेपालः राष्ट्रको अपरिहार्यता

नेपाल यसबेला विश्वका थला परेका भ्रष्टाचारमा डुबुल्की मारिरहेका ५० औं देशमा यसले पर्दापण गरेको छ । भ्रष्टाचारको लत त्यसबेलादेखि झन् डुवानमा पर्दै गयो त्यो हो माओवादी शहादतमा शहादत नभएकाको संख्यालाई विश्वको अन्तराष्ट्र सुपरिवेक्षण गरिरहेकोले अनमितले त्यसलाई आँखा चिम्लिएर उसको भ्रष्टाचार छुटको लागि सहिछाप गरिदियो । सहादत भएकाहरुको क्षतिपूर्ति ती सहादत भएका परिवारलाई नदिएर पार्टीका तर्फबाट दिइने राहत सामग्री आर्थिक चलखेल तथा तत्कालीन माओवादी पार्टीका प्रचण्ड लगायतकाले ती अदृश्य अकुत सम्पति माथि अग्राधिकार जमाउन पुगेका कुरा त्यसबेलादेखि सतहमा आएका छन् । ती सम्पत्ति यसबेला मुलुकको विभिन्न भेगमा व्यापारिक क्षेत्रमा ती प्रष्फुटन भएर छरल्ल भएका छन् । सुनिन्छ प्रचण्डको मात्रै सम्पत्ति दुवै बैंकमा ४१ अर्ब समीर दाहालको नाममा रहेको श्रोतले बताउँदै आएको छ । शेरबहादुर देउवासँग ४५ सय करोड सम्पत्ति देखिएको छ । नेपालका २० औं जनाको खातामा अरवौँ रुपैयाँ स्वीस बैंकमा जम्मा गरिएको छ । कसकसको खातामा ती सम्पत्ति छ त्यसको उजागर पनि भएको छ ।

समय आएको छ पार्टी नेता तथा उच्च पदस्थ कर्मचारी, व्यापारी, शंकाको घेरामा भएका सवैको सम्पत्ति छानवीन गरिनु पर्छ । सबै किसिमका जुनसुकै तहका नेपाली हुन् ती सवैको सम्पत्ति छानवीनका लागि एउटा उच्च स्तरीय आयोग गठन गरेर भ्रष्टाचारमा रहेका जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ ।

राष्ट्रको अस्तित्व सुरक्षा तथा मुलुकलाई सवल सक्षम तथा स्वतन्त्र अस्तित्वलाई निरन्तर गर्नका लागि पनि भ्रष्टाचारमा जोसुकै र जस्तो सुकै शक्तिशाली भए पनि कारवाहीको दायरामा ल्याउनु पर्छ । भारतका शक्तिशाली तत्कालीन प्रधानमन्त्री नरसिंह रावलाई पनि भ्रष्टाचारबाट उन्मुक्त हुन दिइएन । स्मरण रहोस् उनको मृत्यु जेल मै भएको थियो । यो यथार्थता हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *