उत्तर अमेरिकाका पत्रकारहरुलाई पुरस्कार आवेदनको आह्वान

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकार तथा संचारमाध्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान गरेको छ ।

नेजाले हरेक दुइ वर्षमा ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ अन्तर्गत एक हजार डलर दिंदै आएको छ ।

आउँदो मे ४ र ५ मा टेक्सासको डालसमा आयोजना हुने नेजाको १३ औं साधारण सभामा उक्त पुरस्कार घोषणा गरिने नेजाद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

नेजाले नेजाका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा पत्रकार ज्योति देवकोटा र होम लम्साल रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।

पुरस्कारका लागि पत्रकार आफैंले आवेदन दिनपर्ने शर्त राखिएको छ । आवेदकले सन् २०१८ भित्रमा प्रकाशित वा प्रशारित आफ्ना तीन समाचार, अनुसन्धानात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्ने छ । त्यसैगरी समाचार, लेख रचना नेपाली समुदायको हित प्रवर्द्धन गर्ने खालको हुनुपर्नेछ भने आवेदन दिने पत्रकारले अमेरिकामा रही कम्तीमा दुई वर्ष पत्रकारिता क्षेत्रमा कुनै न कुनै रुपमा सक्रिय रहेको पक्षलाई पुरस्कार छनौट समितिले ध्यान दिने कुरा विज्ञप्तिमा उल्लेख छ ।

आवेदन आउँदो अप्रिल १५ सम्ममा नेजाको सम्बन्धित इमेलमा पठाउन हुन समितिले आह्वान गरेको जानकारी नेजाका सचिव सुरज भण्डारीद्धारा फेब्रुअरी २७ मा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *