गजल


बन्दैन देश झगडा र रोषले
नासिन्छ प्रेम जनका विरोधले

हाम्रो छ उच्च इतिहास शान्तिको
गर्दैछ आदर समस्त लोकले

फ्याकौँ विकार जति जे छ चित्तमा
स्वीकार्नु पर्छ परिहास खोटले

खोज्छिन् सदैव जननी सुभावना
गर्छौ कुकर्म र सराप्छ कोखले

स्वार्थी विचार सब त्याग आज नै
बन्नेछ राख सबथोक लोभले

गर्दा सुकर्म सबले सह्राउला
बस्छौ समस्त दिल भित्र ओजले

ललिता छन्द
(८ अक्षरमा विश्राम)

Add a Comment

Your email address will not be published. Required fields are marked *