मलाई भिसा दिएन
|कहाँ पुग्यौ मायालु
निश्चित दिशा थिएन
सँगै जाउँ भनेथेँ
मलाई भिसा दिएन
आधा मुटु सँगालेनि
आधा मुटु दु:ख्छ
सम्झि सम्झि कति रोउँ
आँसु थोरै हुन्छ
निरस भए आँखा
पुछ्दा चिसा थिएन
संगै जाउँ भनेथेँ
मलाई भिसा दिएन
साथी भन्छन् छुट्टेर
मैले बस्न हुदैन
कल्पि कल्पि बैंश गयो
समय फर्किदैन
चर्कियो किन छाती
फुट्ने सिसा थिएन
संगै जाउँ भनेथेँ
मलाई भिसा दिएन