साँदेको-मन, खाँदेको-जीबन

झगड़ा गर्दै बस्नु के मिच्दै साँध र सिमाना,
जाँगर गरे जहाँ नि’ पुग्छ सबैको चाहना ।
अधुरो सपना मनको अठोटसाथमा लिएर,
भिरेर झोला र आँटको पहिरन, हिंडेथ्यो निस्केर ।।

झल्याँस्स पछाडि फर्केर हेर्छ, बर्षौं भएछ,
आज र भोलि भन्दै र गर्दै जीवनै गएछ ।
बर्षौंपछि उसको मनले भन्छ के हुनु रवाना,
प्रकृति सबै रहेछ एउटै कृतिम हुन् सिमाना ।।

त्यो चन्द्र सूर्य तिम्रो कि मेरो ? कसले गर्ने फैसला,
मातृभूमि चैं काटीकुटी पार्ने गरेछन रे झमेला |
बिर्सेर हो कि पुर्खाको रगत र बैरीको हमला ?!
मिलिजुली बसे स्वदेश न विदेश सर्बत्र हौसला ।।

अमिलो मनमा कहिले कहिँ पिरो हालेर साँदेको,
बनाउँछु मिठो भनेर अझै मनमनै खाँदेको ।
अचारसरी पिरो र ट्वाक्क लाग्ने यो कहिलेकाहीं,
जीवन हरे ! स्वदेश र विदेश, मन भने जहाँको त्यहीँ ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *