जवाफ खोइ ?
|कस्तो जित रोज्दैछ मान्छे ?
के जित्न खोज्दैछ मान्छे ?
दोस्रो विश्वयुद्धपछि
कति घाउ बोके ईश्वरले
आज पनि मान्छे
मान्छेलाई मार्नलाई
ईश्वरसङ्ग प्रार्थना गर्दैछ ।
पुरुष मनहरु जित्नमा आतुर किन ?
प्रकृतिमाथि विजय गर्न हतार किन ?
के सभ्यता नै विक्षिप्त हुन खोजेको हो ?
मान्छेलाई बनाएपछि
ईश्वर पनि पछुताए होलान् ?!
करुणा, प्रेम र अहिंसा दबाएर
कस्तो जित रोज्दैछ मान्छे ?
के जित्न खोज्दैछ मान्छे ?!