गलत बगर
|खोला तर्छु सोची निस्के बोकि काठको डुङ्गा
आज चै म भेट्नेछु भनी फूलको थुङ्गा
आफू सोचेजस्तो कहा हुँदो रहेछ र ?
खोला त सुकेछ मात्र भेटें बगरको ढुङ्गा ।
यो बगरको बालुवामा सोचें अब सुन खोज्छु
यो प्रहरमा उज्यालो छैन भनेर जुन खोज्छु
आफूले सोचेजस्तो कहाँ हुँदो रहेछ र ?
केहि भेटिन मैले भनि मात्र अब रुन खोज्छु ।
नचाहिने काम गरिरहेको रहेछु
आज आएर थाहा भयो
फूल त बगैंचातिर पो खोज्नु पर्थ्यो
सुन त दिउँसो तिर पो खोज्नु पर्थ्यो
गलत बगर र गलत प्रहर मैले किन पो रोज्नु पर्थ्यो ?!
One Comment
Wa Wa wa