बन्दुक ठूलो कि कलम ?

बा ! आज भाइले कलम जितेर आयो

वाद-विवाद प्रतियोगितामा

शीर्षक थियो- “बन्दुक ठूलो कि कलम” ?!

घर आयो

हजुरले किनिदिएको नक्कली बन्दुक

बाकसबाट निकालेर हेर्यो

हजुरको फोटो नियाल्यो केहिबेर

सम्झिएजस्तो गरी हजुरको आकृति ।

एक एक गरि हेर्यो

हजुरको हातको बन्दुक

हजुरको निधारको रातो फेटा

हजुरका आँखाहरू,

अहिले मस्त निदाएको छ बिचरो

माला लगाएको

हजुरको शहादत अघिको तस्विर मुनी

छातीमा उही जितको कलम राखेर ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *