अमेरिकामा कामदारको क्षतिपूर्तिसम्बन्धी जानकारी – ५

नेपाली मूलका हाम्रा दाजु-भाइ दिदी बहिनीहरू मध्ये कतिपय यहाँका सरकारी तथा निजि कार्यालय, स्टोर, रेष्टुरेण्ट लगायत बिभिन्न पेशा व्यवशायमा कामदारको रूपमा र  कतिपयले स्वरोजगार व्यवशाय अंगालेर अरूलाई काम दिइरहनु भएको होला | स्वयं कामदार भएर अथवा अरूलाई काममा लगाएर जेभए पनि आ-आफ्नो तहबाट कर्तव्य निर्वाह गर्ने क्रममा घाइते भएमा वा चोट पटक लागेमा कामदार क्षतिपूर्ति सम्बन्धि छिनोफानो गर्ने प्रक्रिया अन्तर्गत खासगरी मेरिल्याण्ड राज्यमा प्रचलित क्षतिपूर्ति संग सम्बन्धित अंग्रेजी शव्दावलीको परिभाषा सामान्य नेपालीले बुझ्न सजिलो होस् भन्ने उद्देश्यले ती शव्दावलीको नेपालीमा भावानुवाद गरी श्रृंखलामा प्रकाशन क्रमको यो पाँचौं अंक हो |

पाठकहरूले पढ्न र बुझ्न सजिलो होस् भन्ने हेतुले शव्दावलीलाई निम्न क्रममा राखिएको छः

शिरानमा Terminology – संज्ञात्मक सम्बोधन, त्यसपछि क्रमशः

Explanation in English  र शव्दको भावार्थ नेपालीमा

गल्तिहरु फेला पार्नु भएमा औंल्याई दिनुभएमा र यसलाई अझ परिमार्जन गर्न राय सुझाव पाएमा हामी अनुगृहित हुनेछौं |

Lump sum – एक मुष्ठ

Although payments are generally payable weekly, a lump sum award is used.  Lump sums are often the result of a permanent partial disability award.  Discuss lump sums with your workers’ compensation attorney.

भुक्तानिहरु सामान्यतया हप्तावारीमा (साप्ताहिक) भुक्तानी योग्य हुन्छन् तापनि निस्सा भने एकमुष्ठ दिने गरिन्छ | एकमुष्ठ रकम अक्सर स्थायी आंशिक अशक्तताको परिणाम हुने गर्दछन | एकमुष्ठ रकमको बिषयमा तपाईँ कामदारको क्षतिपूर्ति सम्बन्धि आफ्नो वकिलसंग छलफल गर्नुहोस् |

(हरि प्रसाद रेग्मी)

Lunch – दिवा (दिउँसोको) खाना

Injuries that happen during lunch are often compensable, meaning you can get workers’ comp benefits.  However, many exceptions exist: the going and coming rule, the length of the break, the timing of the break (did the employer tell you exactly when your lunch break was going to be?), and other specifics related to the lunch or break.

दिउँसोको खानको बखत लागेका चोटपटक प्रयाश: क्षतिपूर्ति योग्य हुन्छन्, अर्थात् तपाईँले कामदारको क्षतिपूर्तिको लाभ पाउन सक्नुहुन्छ | तथापि, धेरै अपवादहरु छन्: जाने र आउने नियम, खानाको छुट्टीको अवधि (तपाईको रोजगारदाताले यत्ति समयमा तपाईंको खानाको छुट्टी हुन्छ भनेको थियो?), खाना खाने छुट्टीको बिषयमा केही तोकिएका अरु कुराहरु |

Malingering – ढाँटनू (निहुँ पार्नु)

For lack of a better term, “Faking It.”  When you avoid responsibility and continue obtaining comp benefits by either making up injury or pretending condition is worse than it is.  And a necessary reminder: Surveillance is always a possibility in workers comp cases.

ढाँट्नुको प्रयोग “नक्कल पार्नु” को राम्रो शव्दको कमीको कारणले भएको हो |त्यो भनेको जब तपाईँ जिम्मेवारी पन्छाएर आफ्नो चोटपटक लागे जस्तो गरेर र अवस्थालाई बढाई चढाई गरेर निरन्तर क्षतिपूर्तिको लाभ लिइराख्नु हुन्छ | याद राख्नुस, कामदारको क्षतिपूर्तिको मामलामा निरन्तर निगरानीको सम्भावना हुन्छ |

Maryland Insurance Adminsitration (MIA) – मेरिल्याण्ड बीमा प्रशासन

The Maryland body governing all aspects of Insurance in Maryland.  This includes workers’ compensation insurance.

मेरिल्यान्डमा बीमाका सबै पक्षको शासन गर्ने मेरिल्यान्डको अंग | यसमा कामदारको क्षतिपूर्ति बीमा पनि पर्दछ |

Maryland Workers’ Compensation Educational Association (MWCEA) – मेरिल्याण्ड कामदारको क्षतिपूर्ति शिक्षा संगठन (एमडब्ल्युसीइए)

An organization that promotes education and communication among the workers’ compensation community.

कामदारको क्षतिपूर्ति संग सम्बन्धित समुदायका बीच शिक्षा र संचारको प्रवर्धन हर्ने एउटा संगठन |

Maximum Medical Improvement (MMI) – उच्चतम स्वास्थ्य सुधार (एमएमआइ)

Maximum Medical Improvement is the point at which your injury is no longer responding to treatment, you cannot improve any longer.  MMI comes after your course of treatment has been exhausted.  At the point of MMI, you will be entitled to a permanent disability award – either partial or total disability – if applicable.

यो भनेको उपचारले तपाईंको घाउ वा चोटपटकमा अरु सुधार हुन नसक्ने विन्दुमा पुग्नु हो, यसभन्दा बढी कुनै सुधार हुन सक्दैन | तपाईंको उपचारको सबै उपाय सकिएपछि एमएमआई आउँछ | एमएमआईको बिन्दुमा पुगेपछी तपाई स्थायी अशक्तताको निस्सा पाउने अधिकारी हुनु हुनेछ – आंशिक अथवा पूर्ण अशक्तता – यदी लागूयोग्य छ भने |

Maximum Reimbursement Allowable (MRA) – अधिकतम अधिदेय (स्वीकृति) योग्य  सोधभर्ना रकम

The amount payable to an authorized provider, unless subject to a private agreement to the contrary, calculated pursuant to workers’ compensation law for the provision of medical services and treatment rendered to an individual with a covered injury or disease.

यदि अन्यथा व्यक्तिगत सम्झौता भएको रहेनछ भने क्षतिपूर्ति ऐन बमोजिम कामदारको चोटपटक वा रोगको उपचार खर्च खाम्ने व्यवस्था भएको व्यक्तिलाई चिकित्सा सेवा र उपचारको आधिकारिक बन्दोबस्त कर्तालाई देययोग्य रकम |

Medical Fee Guide – औषधि उपचार शुल्क मार्गदर्शन

The schedule of permissable payments for doctors and other health care professionals handling work related injuries and ailments.

कामसँग सम्बन्धित चोटपटक र बिमारीको उपचारमा खटिने चिकित्सक र अन्य स्वास्थ्य पेशाकर्मीलाई भुक्तानि गर्न अनुमति योग्य रकमको अनुसूची |

Medicare – मेडिकेयर

The government health program.  Workers’ Compensation has an impact on medicare.

सरकारी स्वास्थ्य कार्यक्रम | कामदारको क्षतिपूर्तिले मेदिकेयरमा असर गर्दछ |

Mesothelioma – मेसोथेलियोमा (अर्बुद) रोग

A type of carcinoma (cancer) of the lining of the lung, usually related to asbestos exposure.  Workers’ compensation covers mesothelioma related cancer and death.  Our workers’ compensation calculator does not cover mesothelioma.

अक्सर आस्बेस्टस (आगो र पानी निरोधक एक बिशेष प्रकारको निर्माण सामग्री)को संसर्गबाट फोक्सोको घेरामा लाग्ने एक प्रकारको अर्बुद (क्यान्सर) | मेसोथेलियोमा संग सम्बन्धित अर्बुद अथवा मृत्युलाई कामदारको क्षतिपूर्तिले समेट्छ | कामदारको क्षतिपूर्तिको हाम्रो गणनाविधिले भने मेसोथेलियोमा अर्बुद्लाई समेट्दैन |

Minor Disability – सामान्य (सानो खालको) अशक्तता

An injury that carries less than 75 weeks of compensation.

७५ हप्ताभन्दा घटिको क्षतिपूर्ति नसमेट्ने कुनै पनि चोटपटक |

Modification – परिवर्तन

The process of reopening a claim with the Commission for the purpose of changing the amount of compensation awarded.  A claimant must file to reopen a claim within 5 years of the date of last compensation, or they are barred from reopening their case for modification.

क्षतिपूर्तिको निस्सामा परिवर्तनको उद्देश्यले आयोगमा दावी पुन: खोल्ने प्रक्रिया |  दावीकर्ताले अन्तिम क्षतिपूर्ति बुझेको ५ बर्षभित्र दावी पुन: खोल्नको लागि निवेदन दिई सक्नुपर्छ, अन्यथा परिवर्तनको लागि उनीहरु मामलालाई परिवर्तनको लागि पुन: खोल्नबाट बन्चित हुनेछन |

Nature And Extent (N/E) – चोटको प्रकृति तथा (बिस्तारको) हद

Related to an injury or injuries.  Often related to permanent partial disability. To be compensable, an injury or illness must be due to a hazard inherent in the nature of the workers’ employment generally.  The extent of the injury is calculated upon the principles of permanency.

चोटपटक तथा चोटपटकहरु संग सम्बन्धित | अक्सर स्थायी आंशिक अशक्ततासंग सम्बन्धित | क्षतिपूर्ति योग्य हुनकोलागि चोटपटक वा बिमारी सामान्यतया कामदारको कामको प्रकृतिको जोखिमजन्यताको कारणले भएको हुनुपर्छ |

Net Recovery – खुद प्रत्युपलव्धि (रकम प्राप्ति)

The amount of total recovery paid to the injured employee or injured employee’s dependents, less court costs and counsel’s (attorney’s) fees.

अदालती खर्च र वकिलको शुल्क कटाएर घाइते कामदार वा कामदारका आश्रितले पाउने खुद प्रत्युलव्ध रकम |

No Fault – गल्ति (गरेको) छैन

The workers’ compensation system was created based on a “no fault” system of recovery.  Simply stated, an injured worker may recover even if the worker was negligent, because the Workers’ Compensation Act does not assign fault to either party.

कामदारको क्षतिपूर्ति प्रणालीको सिर्जना “गल्ति (गरेको) छैन” प्रत्युलव्धि प्रणालीमा आधारित भएर गरिएको थियो | सामान्यतया भन्नुपर्दा यदि घाइते कामदारले लापरवाही गरेकै भएता पनि क्षतिपूर्ति पाउन सक्छ, किनकि कामदारको क्षतिपूर्ति ऐनले कुनै पक्षलाई पनि गल्तिको जिम्मा लगाउंने व्यवस्था गरेको छैन |

Notice – सूचना

The act of informing the employer about your injury.  Notice can be done in any number of methods, such as written, oral, or constructive.  An example of constructive might be when your boss helps you into the ambulance.  She knew you were injured at work.

यो भनेको रोजगारदातालाई तपाईंको चोटपटकको बारेमा जानकारी गराउने काम हो | त्यस्तो सूचना अनेक तरिकाले गर्न सकिन्छ, जस्तै लिखित, मौखिक, रचनात्मक बर्णन गरेर | तपाईंको हाकिम (सुपरिवेक्षक) ले तपाईंलाई एम्बुलेन्समा चढ्न मद्दत गर्नु भएको अवस्था रचनात्मक वर्णनको एउटा उदाहरण हुनसक्छ | उहाँले थहा पाउनु भएको थियो कि तपाईँ काममा घाइते हुनु भएको थियो |

अस्वीकारनामा (Disclaimer): यी शव्दावलीको अनुवाद कुनै कानूनी राय–सल्लाहको प्रयोजनको पूर्तिको लागि नभै सामान्य जानकारी गराउने अभिप्रायले गरिएको हो । यी अनुवादित शव्द वा वाक्यहरूलार्इ जस्ताको तस्तै कानूनी व्याख्याको रूपमा सम्बन्धित अड्डा अदालत, आयोग जस्ता निकायमा पेश गर्न नमिल्ने जानकारी गराउन चाहन्छाँ ।

English Terminology Source: www.mdcomplaw.com/glossary

Add a Comment

Your email address will not be published. Required fields are marked *