गजल
|
भएन देशमा समुन्नति
सदैव देखियो अधोगति
रहेन शुद्धता कसै सँग
अधर्ममा गयो सधैँ मति
अनेक स्वार्थमा छ नायक
कुकर्म झाङ्गिदा भयो अति
बढ्यो लुछाचुँडी परस्पर
विकाशमा पुग्यो निकै क्षति
न खानपान भो न जागिर
कति विदेशिए मरे कति
निरीह भैसके जना यहाँ
कता गयौ तिमी उमापति ?
छन्द – सराविका
विश्राम – ६ अक्षरमा