निलो आकाशको जून भएँछु
|धर्ति माथि-माथि उड्ने बादल भएँछु,
बर्षा बनेर झरेँ
गड्याङ्ग गुडुङ्ग गर्ने बिजुली भएँछु,
सबलाई म तर्साउने भएँ ।
इन्द्रेणी फुल्दा आकासमा घामको किरण भएँछु,
धर्तिको खुसि भएँ
हावाहुरीसँगै उड्ने धुलो भएँछु ,
सबै मलाई देखि आँखा चिम्लने भए ।
आज पनि मान्छे दोबाटो कुरी बस्छन,
मलाई जवाफ माग्नेहरू
कालो बादल फाटेर बल्ल आँखा देख्ने भएँछु,
म त निलो आकासको जून भएँछु ।