सहयोगी समाजको नयाँ नेतृत्व


भर्जिनिया राज्यको मनाससमा हालै सम्पन्न अमेरिका नेपाल सहयोगी समाजको साधारण सभाले समाजको अध्यक्षमा केदार प्रसाद तिम्सिनालाई सर्वसम्मत चयन गरेको छ ।

त्यसरी नै सर्वसम्मत चयन अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष जानुकी ओझा, उपाध्यक्ष रमेश ढकाल ,महासचिव हरिराम भण्डारी, कोषाध्यक्ष रामभक्त अधिकारी, सचिवमा आरती सिग्देल छन् । त्यस्तै सर्व सम्मत चयन हुने कार्यसमिती सदस्यहरूमा मञ्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ ,यज्ञ चापागाईं, क्षितिज नेउपाने, बिष्णु केसी, सङ्गीता लामा र कामना अधिकारी रहेका छन् ।

सन् २००८ मा स्थापना भएको समाजमा यसभन्दा पहिले सागर कडेल र पदम रेग्मीले नेतृत्व गरेका थिए भने कमला खरेल निवर्तमान अध्यक्ष हुन् ।

समाजले नयाँ कार्य समिती चयनका लागि गठन गरेको निर्वाचन समितिमा समाजक पूर्व अध्यक्ष कँडेलको नेतृत्वमा कमल भट्टराई र उतम गौतम सदस्य रहेका थिए । साधारण सभा गत शनिवार विविध कार्यक्रमसहित मनाससमा सम्पन्न भएको थियो ।

समाजले स्थानिय नेपाली समुदायमा विभिन्न सामाजिक तथा साँस्कृतिक गतिबिधीहरुका साथै सन् २०१६ देखि अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) मार्फत मनासस र वरपरका क्षेत्रमा रहेका नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा शिक्षण कक्षा पनि सञ्चालन गर्दै आएको छ ।

तस्वीर: शिव तिम्सिना

Add a Comment

Your email address will not be published. Required fields are marked *