नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई

नेपाल अमेरिका पत्रकार संघ, अमेरिकाद्धारा स्थापित नेजा पत्रकारिता पुरस्कार छनौट समितिको अप्रिल २८, मा बसेको बैठकबाट यस बर्षको नेजा पत्रकारिता पुरस्कारका लागि शिव शर्मा (कान्तिपुर साप्ताहिक आवद्ध) लाई छनौट गरिएको छ । सन्चारकर्मी शर्माद्धारा अमेरिकाको ग्याँस स्टेसनमा जोखिम बन्दुकको निसानामा नेपाली विषयमा गरिएको समाचारलाई छनौट गरिएको हो ।

पुरस्कारका लागि गठित समितिले आव्हान गरे अनुसार प्राप्त एक दर्जन आवेदनहरुको अन्तिम छनौटका लागि निर्धारण गरिएको विविध मापदण्डहरुको आधारमा समितिका तीन जनाको छुट्टा छुट्टै मुल्यांकनका आधारमा शर्माको समाचार उत्कृष्ठ ठहरिएको हो ।

शर्मा लामो समयदेखि कान्तिपुर दैनिकसँग आवद्ध रहँदै आएका र हाल केही वर्षदेखि सपरिवार न्युयोर्कमा बसोबास गर्दै आएका छन् । पुरस्कार नेजाको मे ४,  टेक्सासको डालासमा आयोजित साधारण सभामा वितरण गरिनेछ । पुरस्कारको राषी १ हजार १ सय ११ अमेरिकी डलर र प्रमाणपत्र रहेको छ । पुरस्कार अमेरिकी नेपाली समुदायमा नेपाली मुलका सन्चारकर्मीद्धारा लेखिएको खोजमुलक समाचारहरुमध्येबाट एक उत्कृष्ठलाई छनौट गरिदै आएको छ । पुरस्कार छनौटका लागि नेजाका महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा ज्योति देवकोटा र होमप्रसाद लम्साल सदस्य रहेको समिति गठन गरिएको थियो ।

हरेक दुई बर्षमा वितरण गरिने यस नेजा पत्रकारिता पुरस्कार अघिल्लो पटक शिव प्रकास शर्मा र दिनेश कार्कीको संयुक्त लेख छनौटमा परेको जानकारी नेजाका सचिव सुरज भण्डारीद्धारा प्रेसित समाचारमा उल्लेख छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *