उपस्थिति


के थाहा छ तिमीलाई ?
तिम्रो थोरै हांसोको अट्टहासले
मन प्रफुल्लीत हुन्छ
मनको हर एक एक कुना
जस्तै
प्याट्ट फुटेर छरिएको
मेरो पाउजुको झुप्पा
छन छनन गर्दै !
सुन न
तिम्रो हर शब्द ले
मेरो गह्रौ मनको पानामा
फूल्न थाल्छ तोरीको फूल
लाग्छ अन्गीन्ती कवीता फूलीरहेछ
पहेलो आकर्षक बनेर !

तिम्रो आवाज
अनी
मुस्कान सहित त्यो चन्चल हॉंसो
गुन्जीरहन्छ म भित्र
तिमी पछीको पलमा पनि
म टोलाईरहन्छु
म मुस्काईरहन्छु
म भित्र तिमीलाई पाईरहन्छु !

भेट पछीका दिनहरू मा
तिम्रो ठट्टयाई
त्यो बिना स्वार्थको छुवाई
घरि घरि हर्ने कर्के नजर
मायाले बिस्तारै लटको स्पर्स
आहा त्यो अनुभुती
म बर्णन कसरी गरू तिम्रो निस्चल प्रेम
निर्धक्क बसीरहन्छ
मेरो मनको क्यानवास मा !

अनी तिमी
साथ न भएर पनि
हातमा हात नरहेर पनि
सासमा सास न जुधेर पनि
यो मेरो मनको धर्तीमा
आत्माको ज्वारभाट मा
आफु हुनुको अदृष्य अनुष्ठान
उपस्थिती रची रचेको हुन्छौ !

भैरहवा, रूपन्देही

Add a Comment

Your email address will not be published. Required fields are marked *