मुलुकको अस्तित्व सिक्किम र पेलेस्टाइनले भोगेको नियतीमा
|
फेरि–फेरि त्यो जल्लाद
निर्दोषहरुको आँसुको दहमा
डुबुल्की मारेर
अनमोल जीवन माथि
खेलवाड गर्ने
अवसरबाट वञ्चित होओस्
प्रहरी,अदालत र
सरकारको ध्यान
आकृष्ट गरेको छु ।
हवस त प्रहरी प्रमुखजी !
तपाईलाई न्यानो अभिवादन छ ।
जय नेपाल !
(चन्द्र भण्डारी,झापा)
किस्ता(किस्तामा देश किन दिन्छौ रु
दुःख दिएर थाङ्नो किन बनाउँछौं रु
नागरिकताकै नाममा देश बेच्नु छ भने
एकैपल्ट बेच
किस्ता-किस्तामा पीडा किन दिन्छौ रु ।
(कृष्ण अधिकारी, इटहरी)
सिक्किमका राजा चोग्यालको नेपाल भ्रमण नै राजाकोरुपमा अन्तिम भयो । उनी राजा वीरेन्द्रको शुभ राज्याभिषेक समारोहमा आएका थिए । समारोह २०३१ साल फाल्गुण १३ गतेका दिन घोषणा गरिएको थियो । विश्वका विभिन्न मुलुकबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री एवम् सरकार प्रमुख अतिथिहरु यस ऐतिहासिक विशिष्ठताले भरिएको समारोहमा उनी पनि थिए ।
आफ्नो शुभ राज्याभिषेकको विशेष समारोहलाई सम्बोधन गर्दै विरेन्द्रले ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस्’ भनेर राष्ट्रको अस्तित्वलाई अक्षुग्ण र निरन्तरता राख्नका लागि घोषणा गरेका थिए । यो घोषणा देशभक्तिको उच्चतम प्रारुप थियो । विश्वमा कुनै पनि राष्ट्रले आफ्नो शताब्दीऔं लामो इतिहासको निरन्तरतामा बाँच्न पाउनुपर्छ जस्ता आसय प्रकट थियो ।
सिक्किमको तत्कालीन अवस्था
सिक्किमका तत्कालीन राजा चोग्याल र काजी लेण्डुप दोर्जेको श्रीमती दुवै विदेशी थिए । यी दुवै वीच समय–समयमा झगडा वा विवाद परिरहन्थ्यो । दरबार भित्रका कुराहरु बाहिर निस्किदै थिए । लेण्डुप दोर्जेलाई काजीको दर्जा दिइएको थियो । उनी सिक्किमका ठेक्कापट्टाका क्रममा अकुत सम्पति कमाएका थिए । चोग्याललाई राजच्यूत गर्न भित्रभित्रै भारतीय सरकारदेखि इन्दिरा गान्धीसँग हिमचिम धेरै गहिरिँदै गरेको थियो । इन्दिरा गान्धी सत्तामा भएको बेला लेण्डुप दोर्जेसँगको भेटघाट बाक्लै थियो । इन्दिरा गान्धीले काजी लेण्डुप दोर्जेलाई विशेष भेटघाटको समय संयोजन गरेकी थिइन । त्यसबेला पहिलो प्राथमिकतामा उनी परेका थिए । उनी जति सुकै बेलापनि भेटघाट गर्न सक्थे ।
राजा चोग्यालले सिक्किम देशको सार्वभौमसत्ता सम्पन्नतालाई निरन्तरता दिन चाहन्थे । सिक्किमको अस्तित्व अक्षुग्ण राख्नका लागि आपसी सद्भाव र छलफल तत्कालीन राजा वीरेन्द्र र चोग्यालको बीच कुराकानी भएको थियो । सिक्किम राष्ट्र अस्तित्वलाई संरक्षित गर्न त्यसको ग्यारेन्टीको तत्वबोध तालमेलका लागि चीन जान चाहन्थे । नेपालबाट सिधै चीनतर्फ लाग्दा भारतीय शासन व्यवस्थाको प्रभाव नेपालका राजामा पनि पर्न सक्थो । उनलाई नेपालबाट गान्तोक फर्केर अर्को विकल्प खोज्न सुझाव दिइएको थियो ।
राजा चोग्याल गान्तोक पुगिसकेपछि उनीमा भारतीय शासन व्यवस्थाको निगरानी अचानक बढेको महसुस गर्न थालेका थिए । यसरी ह्वात्तै यति चाँडै होला भन्ने कसैले पनि सोचेका थिएनन् ।
सिक्किममा बस्ने विभिन्न जातीका व्यक्तिहरु भित्र भित्रै भारतीय सरकारबाट किनिएका थिए । ती विभिन्न प्रारुपमा थिए । विभिन्न पेशामा उनीहरुको संलग्नता थियो ।
सिक्किम संसद भवनमा भारतीय सरकार र भारतको गुप्तचर रअको योजना अनुसार तत्कालीन धेरै सांसदलाई आर्थिक प्रलोभन दिएर, किनबेचका साथै विभिन्न पदीय दायित्वको बोझ हालिदिएर किनिएको थियो । अन्ततः एउटा प्राकृतिक सुन्दर हिमाली राज्य जसको इतिहास ३०० वर्ष बोकेको थियो । संसदको परिदृश्यबाट भारत शासन व्यवस्थाद्वारा खुलमखुल्ला लुटपाट गरेर सिक्किमको सार्वभौमसत्ता सम्पन्न मुलुकलाई भारतीय सैनिकद्वारा ‘कू’ को संयोजन गरेर भारतको २२ औं राज्यमा परिणत गरियो ।
अन्ततस् लेण्डुप दोर्जे सिक्किमको चुनावमा पराजित भए । पराजित भएपछि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको निवासमा भेट्न गएका थिए । उनी धेरै समयसम्म कुर्दा पनि भेटघाटको चाँजो मिलिरहेको थिएन । उनका नीजि सचिवले भारतको लागि धेरै काम गरेकाले एक पटक भेटको संयोजनका लागि अनुरोध गरेका थिए । इन्दिरा गान्धीको जवाफ नै यस्तो थियो– ुजसले आफ्नो देशप्रति इमान राख्दैन त्यस्तो मान्छेसँग म भेट गर्दिन । उसलाई भेट्ने समय छैन भनेर भन्दिनु ।’

इन्दिरा गान्धीका यी अभिव्यक्तिले देशप्रति गद्दारी गर्नेहरुलाई हेर्ने दृष्टि कस्तो हुन्छ रु अनुमान गर्न सकिन्छ । आफ्नो देशप्रति,आफ्नो जन्मभूमिप्रति गद्दारी गर्नेहरुले पनि यो अभिव्यक्ति मनन गर्दै देश भन्दा ठूलो कोही छैन बुझ्न सक्नुपर्छ । यो सन्देश नेपाली जाती जो जहाँ भए पनि देश बचाउ अभियानमा लागि पर्नु नेपालीहरुको नैतिक दायित्व र कर्तव्य हो ।
ओली र प्रचण्डलाई प्रश्न
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के।सी। ले संसदमा प्रस्तुत नागरिक विधेएक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने औंल्याका छन् । नागरिकता विधेएक सदनमा छलफल कै क्रममा छ तर मन्त्री परिषद्को बैठकले देशभरिकै जिल्ला प्रशासन कार्यालयलाई अँगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने सर्कुलर जारी गरेको छ । यो अत्यन्त गम्भीर र गलत कुरा हो । तत्काल खारेज गर्नु पर्छ ।
अनुभवी राजनितिक नेता र विश्लेषकहरूले भन्न थालेका छन्(गैर आवासीय नेपालीहरुलाई पनि दोहोरो नागरिकता दिन हुन्न ।मुलुकको लागि संघियता घाँडो भएको छ ।संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ । नेपालका ठूला दलहरुले संघीयता आफै नबोकेको बरु विदेशीहरुले बोकाएको भारी हो ।
ओलीको सरकारले नेपाल खाली गरेर विदेशीले भर्ने यस्तो ग्राण्ड डिजाइनमा काम गर्दैछन् । नेपालको भू–राजनीतिक एजेन्डा हो । यहाँबाट विवाह गरेर गएका विदेशीलाई नागरिकता दिने जम्मै विदेशी एजेण्डा हो । चीनमा गर्भवती महिलालाई हङकङ पस्न दिइँदैन, जनसंख्या बढ्छ ।( भरत दाहाल, यू ट्यूब, १० अप्रिल, २०१९)
दक्षिणी सिमानामा प्रसुतीगृहको निर्माणमा तीव्रता
नेपालमा बहुदलीय व्यवस्थाको स्थापना हुनभन्दा अघि र पछि नेपालमा स्थापित चीन सरकारबाट निर्मित कलकारखानाहरु जस्तै बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, कृषि औजार कारखाना, पञ्चायतकालमा खोलिएको वीरगञ्ज चिनी कारखाना वा रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स यी सबैलाई नीजिकरण गरिएको छ । कतिपय यसबेला रुग्ण अवस्थामा बाँचिरहेका छन् । यी कारखाना देशका लागि गौरव महसुस गरिएको थियो ।
रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स यस मुलुकको राष्ट्रिय धरोहरको रुपमा मानिन्थ्यो । यी सरकारबाटै सञ्चालित थिए । यी सबै यसबेला अवसानको पूर्व सन्ध्यामा छन् ।
नेपाली काँग्रेस पटक(पटक सरकारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टीको सरकार भए पनि नेपालमा दीर्घकालीन रुपमा स्थायित्व हुने किसिमको कुनै कल कारखानाले स्थायित्व पाएको छैन । सिमाना नजिकै शहरहरुमा यसबेला भारतीय सरकारद्वारा प्रदत्त कुनै आँखा अस्पताल, कतै प्रसुति गृह निर्माण कार्यलाई युद्ध स्तरमा अरवौं(खरबौं लगाएर युद्धस्तरमा प्रसुति गृहहरु धमाधम निर्माण गरिँदैछ । सप्तरी, सिराहा, पर्सा, विराटनगर, झापा आदिमा यसप्रकारका प्रयास भएको खवरहरु आइरहेका छन् । सिमाना नजिकैका शहरमा खोलिएका प्रसुति गृहमा सिमाना पारिबाट आएर गर्भवती महिलालाई प्रसुती गराएर त्यही जन्मिएको आधारमा जन्मसिद्ध नेपाली नागरिकता प्रदान गर्ने र नेपाललमा नेपाललाई नै अल्पसंख्यामा पार्ने यी पूर्वयोजनाहरू नेपाललाई अन्ततस्फिजीमा रुपान्तरण गर्ने देशघाती कार्य हुन् ।
नेपालीहरुलाई आब्हान
हाम्रा पुर्खाहरु पृथ्वीनारायण शाह हुँदै यो देशको गौरवता साँस्कृतिक संरक्षण राष्ट्रको एकीकरणले यो देशको नव निर्माण भएको थियो ।
पश्चिमी मुलक र भारतीय सरकारको संयोजनमा यो मु्लुक खाली गराउने,चीन विरुद्ध परिलक्षित दीर्घ योजनामा उनीहरु लागि परेका छन् । जति सक्दो चाँडो भारतीय नागरिकलाई यता बसाइ सराई गराएर तिनीहरुलाई खुकुलो पारेर नागरिकता वितरण प्रणालीलाई युद्ध स्तरमा सहजीकरण गरिरहेका छन् । यहाँका नेपालीहरु विदेशी पलायनको तीव्रतालाई रोकिएन भने यो मुलुक सिक्किममा रुपान्तरित हुँदैछ । यो मुलुक पेलेस्टाइन इजरायलमा रुपान्तरित भए झैं त्यस्तै किसिमको दृश्यहरु पुनरावृत्ति हुन लागेका छन् ।
विभिन्न कोणबाट हाम्रो मुलुकको अस्तित्व मटियामेटको लागि चाहे नेपाली काँग्रेस वा चाहे नेकपा जे होस् उनीहरूलाई कुनै फरक नपर्ने गतिविधिलाई निरन्तरता दिइएको छ । देश आक्रान्त भएको छ । यहाँको राष्ट्रियतालाई कमजोर बनाउन,राष्ट्र निर्माणका अगुवा पृथ्वीनारायण शाहप्रति तथानाम फलाक्दै, जातीयताको भाँडभैलो, कथित तराईप्रति फैलाइएका अफवाहहरु आदिआदि हुन् । सरकार समय समयमा भारतीय सरकारको कुचालमा फसिहेको छ । देशप्रति विभिन्न कोणबाट घातप्रतिघात भइरहेको छ । सरकार यी सबै देखेर केही नभएको जस्तो गरिरहेको छ । दक्षिणी सीमा स्तम्भ भारतीय सेना प्रहरीले आफ्नै मनखुसीले पिलर सारी रहेका र नेपाललाई मित्र गाडीरहेका छन् । नेपाली प्रहरीले भत्काइ रहेको छ । राष्ट्रप्रति यस्तो घात हुँदा, सिमा अतिक्रमण हुँदा यो सरकार किन बोल्दैन रु
विदेशीएका नेपाली हो, यो मुलुकलाई तपाईहरुको खाँचो छ । मुलुकलाई माया संयोजन गरेर पुर्खाले कष्ट गरेर निर्माण गरेको मुलुक हो यो । यो मुलु्क सुरक्षित साथ आउँदो पुस्तालाई हस्तान्तरण गर्नु तपाई हाम्रो सबैको नैतिक जिम्मेवारी पनि हो । तपाईले हेर्दाहेर्दै यो मुलुकको अस्तित्व सिक्किम र पेलेस्टाइनले भोगेको नियतीमा हामीले भोग्नु नपरोस् । यसबेला मुलुकको पूर्वी भेगबाट,पश्चिमी भेगबाट, दक्षिणी भेगबाट हाम्रो सिमानामा अतिक्रमण भइरहेको छ । यी पंक्ति लेखुञ्जेलसम्म नेपाल सरकार चुप लागि रहेको छ । राष्ट्रियता लोप हुने अन्तिम पटाक्षेपको तयारीका साथ भारतीय सरकार अघि बढिरहेको छ । आउनुस् १ फर्किनुस्, अलिकति पनि ढिलो नगर्नुस यस मुलुकलाई स्वतन्त्र र स्वधिनताका लागि आफूलाई समर्पण गर्दै देशलाई मुक्त गरौं ।

अंगिकृत नागरिकबाट जन्मेका सन्तानले नेपाली नागरिकता पाउँछन् नै । अंगिकृत नागरिकता दिने कुरा खुकुलाे गर्न हुंदैन । बिराटनगर बाेर्डर भएकै ठाउमा राजधानी भएपछि अस्पताल,प्रसुतिगृह बन्ने कुरा गाह्राे भएन । बाेर्डर नजिक भएका ठूला शहर र भारतीयहरूले अधिकतम सेबा लिई रहेका सेवाप्रदायक अन्त सर्ने अबस्था पनि छैन ।मूलकुरा सरकारले वर्क परमिट लागू गर्ने,सकेसम्म् बाेर्डरकाे नाकाबाट अाेहर दाेहर नियन्त्रण गर्ने, जथाभावी नागरिकता बितरणमा राेक लगाउने कार्य अाबश्यकछ । सिमा स्तम्भ सुरक्षित गर्ने, मिचिएका सीमालाई ठिक ठाउमा ल्याउन सम्पूर्ण शक्ति लगाउने काम अनिवार्य गर्ने गराउने तर्फ दबाब दिन अाबश्यकछ ।बंंशजकााे अाधारमा जथाभावी नागरिकता दिने काम राेक्नुपर्छ । सरकार जुन दलकाे भएता पनि सचेत नागरिक राष्ट्र,र राष्ट्रियताकाे रक्षाका लागि लडन जरूरी हुन्छ ।ऋतुवर्णजीकाे लेख मननिय छ।