सस्मरण: झल्को

 

 

बिहानै फोनमा घण्टि बज्यो !
उठाए….ए भाइ कहिले आउछस ?
जवाफ फर्काए…..एकदुई दिन पछि,
समयावधी सकिएला नि ? क्यार्ने हो ?
हुन्छ त्यसो भए म आजै आउछु,
उताबाट….म सबै कुरा बुझेर खबर गर्छु
एकछिनमा, आवाज रोक्कियो।

केही क्षणमा पुन: घण्टि बज्यो !
उताबाट -ल फलानो ठाउँमा छ, फलानो ठाउँ नजिकै
यताबाट -ओके, हुन्छ, तर आज भ्याउदिन कि ?
उताबाट-भ्याइन्छ, भ्याइन्छ ।

खाना खाईवरी ११बजे तिर निस्कियो केटो
गन्तव्य थियो पोखरा,
घरबाट निस्केर सानो म्याजिक भ्यान चढें,
केही वर आएपछी, मेरो घर नजिकैको हजुरआमा
पनि चढ्नु भयो, नाति कहाँ सम्म ?
म पोखरा, हजुर ?
म पनि पोखरा,
त्यसो भए सँगै जाउला
कति दिन बस्छस् ?
म २ दिन बस्छु हजुर ?
म ५-६ दिन
यस्तै कुरा हुँदै गए…
कहिले बिहेका कुरा पनि गर्नु भो
म अविवाहित हुँ, भन्दा पत्यार
नलाग्ला तर प्रमाण पनि त देखाउन केही छैन,
डुम्रे झरे, उहालाई अगाडि चोकमा
बस्नुस भने र म चुहिन तत्पर पिसाबलाई बिसर्जन गर्न
सार्वजनिक शौचालय तर्फ लागे,
अहो ! फोहोर
श्वास नै रोक्किएला जस्तो
तर बिकल्प पनि त थिएन
त्यहाबाट निस्केर म चोकमा पुगे
बस लागिरहेको रहेछ,
कन्डक्टर: भाइ पोखरा हो ?
म: हजुर
कति जना ?
३ जना…
बस्नुस न त हिडिहालौं अब
हजुरआमा आउदै हुनुहुन्छ, सिट त छ नि ?
छ अगाडि नै मिलाईदिन्छु।
बसमा चढें तर एकै ठाउमा सिट मिलेन
कन्डक्टरलाई बोलाएर भने
ए दाइ सिट मिलेन त…
मिल्छ,
ऊ आयो र
ए दाइ तपाईं अगाडीको सिटमा आउनुस न
अनि सिट मिल्यो
हजुर आमा त्यहा बस्नुभयो अनि उहाको एक अधबैंसे महिला साथी सँगै बसे,
हजुर आमाले नाति सँगै बसौला कुरा गर्दै जाउला भन्या
मिलेन भन्नुभयो।

म चै उहाहरु भन्दा केही पछाडी पल्लोपट्टि एकजना दाइ सँग बसे…दमौली सम्म्म,त्यसपछी उहाँ झर्नु भयो ।
म प्राय गाडिमा गन्तव्य नजिक नपुगुन्जेल भारा तिर्दिन…..यो मेरो खराब बानी,कन्डक्टर आईरहदा
पनि फर्काईरहे दमौली नकटिन्जेल
ऊ जामुने पुगेपछी पुन:आयो यो पटक चै रित्तो फर्काइन,दमौलिबाट म एक्लै भएकाले म निदाएछु
बस आफ्नो रफ्तारमा गन्तव्य केन्द्रीत थियो ।

कोत्रे पुगेपछी बस रोक्कियो ! पिसाब फेर्न,
मेरा आँखाहरु खुले,सिटमा एक युवती रहिछन
हजुर झर्ने….उनले भनिन, नाई जवाफ फर्काए
अनि हजुर आमालाई सोधें हजुर झर्ने ?
उहाले पनि नाई भन्नुभयो।
केहिबेरमा,
बस कुद्न थाल्यो..
अनि ऊ म सँग बोल्न थाली
लजालु स्वभावको म
झट्ट भर्खर गुलाबपत्र फक्रे जस्ता उमेरकी युवतीसँग
लजाउनु स्वभाविक थियो ।
कहाँ पुग्ने हजुर ? उताबाट प्रश्नहरु वर्षिन थाले
लाग्यो जिवनमा हिमपात सुरुभयो।
केही बेर अडिएर भने पोखरा, अनि आफू ?
म पनि उतै…तर म लेखनाथ चोक झर्छु
ऊ मलाई प्रश्न गर्दै मोबाइल च्याट गर्दै थि,
बेलाबखत म तर्फ कर्के नजर लगाउदै
अनि तपाईको घर ? प्रश्न आयो
चुदिरम्घा….जवाफ फर्काए
अहो!भानुभक्तको गाउँ उस्ले भनी
उम् त्यसै भन्छन…मेरो जवाफ
यात्रा छोटिदै थियो ऊ सँगको तर
कुराकानी लामो हुँदै गयो…
यता के गर्नुहुन्छ ? असिना जस्तो प्रश्न लाग्यो यो
बेरोजगार छु…म के भनेर उत्तर फर्काउ
म अहिले बेरोजगार सँघको केन्द्रिय उपाध्यक्ष
झुट बोलिन तर मिलाएर भने,
अहो!ठुलै पदमा हुनुहुदो रहेछ,
मलाई पनि job चाहिएको थियो
लगाउन सक्नुहुन्छ ? टिप्स दिउला नि ?
उस्ले जिस्केर भनी,
धत्….मेरो मात्र निर्णयले कम नगर्ला
कार्य समितिमा छलफल गर्नुपर्छ
मैले भने…..उस्ले मन्द मुस्कानले
गुलावी ओठ सजाई

अनि भनी ल राम्रोसँग जानुस है
म ओर्लने बेला भयो !
सँगै जान मिल्दैन भन्ने थिए
हजुर आमा नजिकै हुनुहुन्थ्यो र चुप लागे
ऊ बस रोकेर ओर्लि, यतिका धेरै कुरा हुदा पनि उस्को
नाम सोध्न भुलेछु, बस चल्यो म गन्तब्य तर्फ लागे…ऊ पनि आफ्नो गन्तव्य तर्फ…

आज पनि जब जब लेखनाथ चोक पुग्छु
त्यही अपरिचित मोरिको अनुहारको झल्को आउँछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *