गजल

म ऐले डरमा छु
लडेको घरमा छु

छ पीडा हर रोज
व्यथाको सरमा छु

खुसीछन् छरपस्टै
सधैँ अक्करमा छु

न पाएँ जस कैले
न ता आदरमा छु

बचेकै छ सुखाशा
अझै तत्परमा छु

सहारा छ विधाता
उसैको भरमा छु

मर्‍यो “कोमल” भाव
कडा पत्थरमा छु

सूत्र lSS llS S
गणय स गु
विश्राम३ अक्षरमा

Add a Comment

Your email address will not be published. Required fields are marked *