गजलः फेरी अलमल्याउन नआऊ

कसैको भैसकेको यो जोबन
फेरी चिस्याऊन नआऊ

मेरो घर झुपडी देख्ने मान्छे
भुलाएर महल सम्झिन नआऊ

बिहानीको शितको थोपा संगै
आँसु पोखाउन कहिल्यै नआऊ

कसैको भैसकेको यो जोबन
मस्केर फेरी प्रित लाउन नआऊ

मेरो गीतको संगीतहरुमा
धुन बनेर तिमी चैं नआऊ

पछ्यौरीको घुम्टो ओढेर यहाँ
बादलसंगै जीस्काउन नआऊ

सूर्यको किरण अठ्याउंदै अब
झरी बनेर रुझाउन नआऊ

ढल्कंदै गरेको साँझमा फेरी
कहिं कतै भेट्न पनि नआऊ

रम्दै गरेको जीवनमा मेरो
शिशिर बनी झुक्याएर नआऊ

धेरै जिस्किने बानी छैन अब मेरो
ख्याल ठट्टा गर्न बिर्सेर पनि नआऊ

बसन्तको बगैंचाहरुमा फेरी
पतझर बनी झस्काउन नआऊ

कसैको भैसकेको यो जोबन
फेरी अलमल्याउन नआऊ

2 Comments

Leave a Reply to Alina thapa Cancel reply

Your email address will not be published. Required fields are marked *