म जून

पर
क्षितिजमा झुल्केको
घामजस्तै तिमी
मेरो जिन्दगीमा
झुल्किएसी
म भरी खुसीको
पालुवा पलाएको छ।

तिम्रो स्पर्शमा मदहोस पवन
लड्खँडिदै
हड्बडाँउदै
म भित्र पसेर झंक्रित
भएकै भएर त
मेरो श्वास अझै चलेको छ।

तिम्रा स्मृतिका प्यालाहरू
मेरा शिरा र धमनीहरूले
घट्घटी पिउन थालेसी
आज,बल्ल
म मान्छे,
मान्छेको आकृतीजस्तै
देखिएकी छु ।

तिम्रै प्रश्वासको
बाफिलो न्यानोपनले
आफ्नो जिन्दगीको
बरफिलो खण्ड पगालेसी
हेर त
आज म जून
जून म भएकी छु।

एवम् रितले
जिवनको उच्छ्वास
वायुमण्डलमा विलिन गराउन मन छ

तिमी म
म तिमी रहनेगरी
युगौं युगसम्म ।

@Gautamprativa

Add a Comment

Your email address will not be published. Required fields are marked *