अस्ट्रेलियामा नेपाली बाल वक्तृत्व कला


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा यही आइतवार यहाँ एक खुल्ला “बाल वक्तृत्व कला ” सम्पन्न भयो । प्रवासमा रहने बालबालिकाहरुमा मातृभाषा र संस्कृतिप्रति अभिरुची जगाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा समाजको न्यू साउथ वेल्स बाल क्लव अध्यक्ष रिभा शाह र आस्ना खतिवडाले रोचक तरिकाले गरेका संचालन गरे ।

विभु सापकोटाले संस्कृतबाट मन्त्र उच्चारण गर्दै शुरुवात गरेको वक्तृत्व कलामा ब्राज सापकोटा, एन्जेलिना अवाले, रायन खनाल, हिमान्सी घिमिरे, जीना चालिसे, लिजा त्रिपाठी, जेनिशा योञ्जन लामा, सारा श्रेष्ठ, सरिना सैंजू, शालिन श्रेष्ठ, टिमिला मानन्धर,आकृती घिमिरे, ऋतिका खरेल, सिमोन श्रीपाली, सिमोल श्रीपाली, तिप्सु पाण्डे,अनुष्का गौतम, मुकेश केसी, शालोक जिसी, लुनीभा जोन्छे, प्रान्सी तिवारी, अग्रीम घिमिरे, रायन पन्त, विदेव क्षेत्री तथा साक्षी निरौलालगायतले भाग लिएका थिए । यसै अबसरमा सरिना सैंजूले नेवारी भाषामा वक्तृत्वकला प्रस्तुत गरेकि थिइन् भने विदेव क्षेत्रीले भने गीत गाए ।

समाजका स्थानिय अध्यक्ष महेश्वर शर्माको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा समाजका केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा ), हाल अस्ट्रेलियामा अध्ययनरत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जीवनाथ लम्साल, डा. मोम विश्वकर्मा, डा. नारायण प्रधान, शब्दमाला नेपाली भाषा विद्यालय अध्यक्ष अर्चना गुरुङ्ग, अनेसास केन्द्रका सदस्य सानु घिमिरे, गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ्गले आ-आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रम सम्पन्न गर्न फोटो पत्रकार शुधिरा शाह, हिमालयन रेडियोका प्रस्तोता टिका, तुल्सा पाण्डे, अनेसासबाट सिता रसाईली, मनोज पाण्डे, प्रविन टन्डन, ममता तिवारी, सुरेश भण्डारी, शब्दमाला नेपाली भाषा विद्यालयको एकेडेमिक कोर्डिनेटर मन्जु कार्जी, श्याम सैंजु र फ़ोटोग्राफर सुमन पाण्डेलगायतको सहयोगी भूमिका रहेको थियो ।

कार्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ्ग र सचिव देव गुरुङ्ग, मल्टी डाईनामिकका मेघराज पौडेल,न मस्ते ज्वेलरीका कृष्ण विकको प्रायोजकको भुमिका रहेको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *