मुकुल दाहाल एकल काव्य साँझ

गत शनिवार स्कटल्यान्डको एबर्डीनमा एक कार्यक्रमकाबीच कवि मुकुल दाहाल एकल काव्य साँझ सम्पन्न भयो । यस अबसरमा कवि दाहालले ‘एक मिनेटसँग’, ’एक दीर्घरोगीको मनोवाद’, रंगहरू’, ‘प्रेमपत्र’ र ‘अलमल र प्रेमको रस’ शिर्षकमा कविताहरू सुनाएका थिए ।

सोही अबसरमा कवि दाहालले परदेशसँग सम्बन्धीत ‘देशसँग’, ‘उनीहरू जो अन्तै अस्ताए’ र ‘परदेशबाटै आमाको विदाई’ शीर्षकका कविताहरू वाचन गरेका थिए । कवि दाहालको आफ्ना बुवा वा आमाको देहान्त भएको बेला परदेशबाट अन्तिम संस्कारमा जान नसक्दाको पीडालाई विषय बनाइ लेखिएको कविता ‘परदेसबाटै आमाको विदाई’ ले कार्यक्रमका
सहभागीहरू भावविह्वल भएका थिए ।

दिलिप उप्रेतीले संचालन गरेको यस कार्यक्रममा कवि मधु सुवेदीले सहभागीहरूलाई स्वागत वक्तव्य प्रकट गरेका थिए ।


त्यस अबसरमा स्थानिय काव्य समुहका तर्फबाट नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष कवि नविन क्षेत्रीले कवि दाहालको बारेमा श्रब्यदृश्य सामाग्री
प्रस्तुत गरेका थिए । त्यसक्रममा कवि दाहालको लेखनको बारेमा साहित्यकारहरू कृष्ण धरावासी, युवराज नयाँघरे, अमर नेउपाने, शैलेन्द्र साकार र गोपी सापकोटाका विचारहरू, कवि दाहालकी आमा झुमा, पत्नी अनिता, दाजुहरू चन्द्रशेखर र खगेन्द्र तथा साथीहरू भीष्म उप्रेती, शरद नेउपाने र रश्मीशेखर सुवेदीका शुभकामना सन्देशहरू पनि समेटिएका थिए ।

साहित्यकार गोपी सापकोटा र बिजय सापकोटा अतिथीकारूपमा सहभागी रहेको यस कार्यक्रमको मध्यभागमा स्थानीय कलाकारहरू टक थापा, रेनुका ढकाल र सीमा दर्नालले सांगितिक मनोरन्जन प्रदान गरेका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *