गजल

जिन्दगी यो मेला रहेछ
दुर्दशाको भेला रहेछ

जालसाजीले घेर्छ रोजै
दुर्मनाको झेला रहेछ

बाँच्नलाई गाह्रो छ साह्रै
हात हेर्‍यो ठेला रहेछ

पूर्णतामा पुग्दैन कैले
अन्त्य सम्मै चेला रहेछ

हुन्न मौका आराम गर्ने
बाध्यता वा पेला रहेछ

दिन्छ धोका प्रारब्ध लेख्दा
निर्दयीको खेला रहेछ

झर्छ भैंमा वैलेर चाँडै
काटिएको बेला रहेछ

छन्द – खुम्बिला
सूत्र – SlS SSS lSS
विश्राम – ५ मा

Add a Comment

Your email address will not be published. Required fields are marked *