बुझ्न सकिन


प्रिय !
म विदेशमा भौतारिरहँदा
मेरा वरिपरि काग आएर
मेरा कानका जाली फुट्नेगरि
तिम्रो आहतको खबर सुनाइ रहेको थियो
झन- झन ठूलो स्वरमा कराइरहेको थियो |

तिम्रा पीडामा
म कसरी ढुक्क भएर सास लिन सक्छु ?
म घमण्ड गर्छु तिमीलाई मैले बुझेको छु
पशुपतिनाथ शिवरात्रीको मेलामा
जीर्णर ढलिसकेको शरीर लिएर
मेरो दिर्घायूको कामना गरिरहेकी हुन्थेउ
मैले बिर्सिएको छैन ?
यसबेला मेरा आँखामा अबिरल कोशी बगिरहेको छ
रोकिन जानेको छैन
तिमी जे भन ?
तिम्रो स्नेहताको शितलता खोजिरहेको छ ।

हो! जीवनभरि बुझन सकिन
तिम्रा आरोप यसबेला
मेरा छातीमा लम्पसार परेका छन-
प्रिय !
हो तिमी भन्थ्यौ
सपनीको मझेरीमा
कहिले झर्नाको मन्तिर
ती सुखद छणहरु सुनाइ रहेकी हुन्थ्यौ
म अल्हादित भएर
तिम्रा काखमा लुटपुटिएको थिएँ
जीबनको मझेरीमा एक अन्जुली माया गर्न सकुँ ।

ती छणहरु कहिल्यै आएन
तिम्रा भागमा दोषहरु थुपारेर
म सन्चले निदाउन कहाँ सक्छु ?
तिम्रा आरोपको पुलिन्दा बोकेर
तिम्रो सामु शीर झुकाएर
तिम्रो अपराधी
स्नेहको मझेरीमा खडा भएको छ
दण्डित हुन हाजिर भएको छ |

Add a Comment

Your email address will not be published. Required fields are marked *