डिसी मेट्रो सप्ताहको सम्पूर्ण तयारी पुरा

यही शनिवार (२२ जुन देखि २९ जुनसम्म) देखी हुन गईरहेको डिसी मेट्रो सप्ताहको सम्पूर्ण तयारी पुरा भएको सप्ताह आयोजक समितिले जानकारी गराएको छ । अमेरिकाको ग्रेटर वाशिंगटन डिसी मेट्रो क्षेत्र आसपासमा बस्ने नेपालीहरूका लागि सामुदायिक भवन निमार्ण गर्ने तथा धार्मिक सद्भाव प्रबर्धन गर्ने मुख्य उदेश्य रहेको यस सप्ताहमा स्थानिय ३ हजारभन्दा धेरै नेपीलाहरू सहभागी हुने आयोजकहरूको विश्वास छ । यस क्षेत्रमा करिब १० हज़ार नेपाली परिवार हुनसक्ने अनुमान छ ।

सप्ताहमा प्रमुख पुराण बाचनका लागि बाचन शिरोमणीकारुपमा पनि चर्चित पण्डित दीनबन्धु पोख्रेल र पण्डित खडानन्द सापकोटा केही दिन पहिले नै नेपालबाट अमेरिका आइसक्नु भएको छ । सप्ताहका लागि १०० जनाभन्दा बढि नियमित स्वयम् सेवकको व्यवस्था गरिएको छ भने १२ सय भन्दा बढिको मूल आयोजक समिति पनि गठन भएको छ । समितिको संयोजक अरुण रुपाखेती र मुख्य सल्लाहकार डाक्टर विष्णु पौडेल हुनुहन्छ ।

 सामुदायिक भवन निर्माणका लागि करिब ३० लाख डलर संकलन गर्ने योजना रहेको भएता पनि यस सप्ताहबाट भने करिब १० लाख डलरसम्म संकलन हुने आयोजकहरूको प्रारम्भिक अनुमान छ । सप्ताहको पूर्व तयारी र सम्पन्न गर्नका लागिसमेत  कूल ख़र्च ३० हज़ार डलर छुट्याइएकोमा हालसम्मको ख़र्चले सो सिमाले व्यवस्थापकिय खर्च धान्ने आयोजकहरूको विश्वास छ ।

सप्ताहको पहिलोदिन ५१ डलर शुल्क तिरेर ४ सय स्वयम्सेवी महिलाहरूले कलश यात्रा गर्दैछन् । कलश यात्राका  अतिरिक्त पुराण बाचनका अबधीभरि नै अन्य नियमित सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू पनि हुनेछन् । यसै अबसरमा ब्रतबन्ध,गुन्यु चोलीलगायतका अन्य पुजाहरू पनि गरिनेछन् । हालसम्म ४ जनाको ब्रतबन्ध र ३ जनाको गुन्यु चोली हुने यकिन भएको छ ।

ब्रतबन्धका लागि प्रतिब्यक्ति ७ सय डलर वा प्रतिपरिवार १ हज़ार डलर तथा गुन्यु चोलीका लागि ३ सय डलर शुल्क तोकिएको छ । यसबाहेक अन्य हिन्दु परम्परागत पुजाहरूका लागि ५ यस डलर शुल्क रहेको छ र यस्ता पुजाहरू ५ वटा यकिन भइसकेका छन् ।

सप्ताह आयोजक समितिका सकृय स्वयम्सेवी अभियन्ता ददीराम सापकोटाकाअनुसार यस सप्ताहले यस क्षेत्रका नेपालीहरू माझ सामुहिक भावना र धार्मिक तथा साँस्कृतिक एकताको विकाश गर्न सहयोग गर्नेछ । हालसम्म सामुदायिक भवन निर्माणका लागि ट्रस्टीस्वरुप स्थानिय २५ जनाले प्रतिव्यक्ति ५ हज़ार डलर प्रदान गर्ने घोषणा पनि गरिसकेका छन् ।

सप्ताह फेयरफैक्स काउन्टी स्थित लोटस् टेम्पलमा शनिवार अपरान्ह ३ बजेबाट औपचारिकरुपमा शुरु हुनेछ । सप्ताहको मूल नारा- सबै जुटौं,सबै उठौं,डिसि मेट्रो सप्ताहमा कोहि नछुटौं, रहेको छ ।
कार्यक्रम स्थलको ठेगाना र सम्पर्क यस प्रकार छ –
कार्यक्रम स्थलको ठेगाना र सम्पर्क –
12501 Braddock Road
Fairfax,VA 22030
Dcmetrosaptaha2019.org
E-mail:
Phone:
यही मे १९ का दिनसम्मको सप्ताह आयोजक समितिले सार्वजनिक गरेको आय व्यय विवरण यस प्रकार छ –

Add a Comment

Your email address will not be published. Required fields are marked *