परिचय

म आफैँसँग
आफ्नो परिचय मागिरहेछु
चिन्न नसकेर आफैँलाई
आफैँबाट भागिरहेछु !

धेरै ठाउँमा देखेको छु
परिचय हुनेहरूलाई
चिन्न गाह्रो भएको
चिनिएकाहरू पनि
एकाएक नचिनिएको !

तिमीले आफ्नो परिचय दिइरहँदा
दिग्भ्रमित छु म
मैले चिनेको तिमी
र तिमीले परिचय दिएको तिमी बीचमा

म अन्यौल छु ।

मलाई मै माथि प्रश्न भइरहेछ
यतिखेर –
मेरै परिचय माथि संकटग्रस्त म
लाइनमा छु
परिचय दिनेहरूको
परिचय लिनेहरूको
भन- कसरी परिभाषित गरूँ म आफूलाई
के भनूँ ?
म को हुँ भनूँ ?
के हूँ भनूँ ?
भन-
के म आफूलाई बादल हूँ भनूँ ?
One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *