उत्प्रेरक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरको आयोजनामा यहाँ युवा पुस्ता तथा बिद्यार्थीहरुलाई लक्षित गरि एक एडभान्स् मोटिभेसनल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा रुपान्तरण पुस्तकका लेखक तथा उत्प्रेरक रोमन मानव, साहित्यकार एल बि क्षेत्री,अनेसास पर्थ च्याप्टर अध्यक्ष निरज क्षेत्रीले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

वक्ताहरूले मान्छेको स्वधर्म-संस्कृति,देश,आमाको महत्व तथा जीवनलाई सफल बनाउने जस्ता विषयका अतिरिक्त  तिब्र गतिमा प्रवासमा बढिरहेको समाजमा देखा पर्न सक्ने विभिन्न प्रकारका मानवीय समस्याहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।

 

 कार्यक्रममा विभिन्न खेल,वर्कसप,योगा,उत्प्रेरक जागरण गीत, ध्यान र प्राणायामको माध्यम बाट आफ्नो मुल स्वरुप (स्वधर्म) चिनाउन र आफुभित्र अन्तर्निहित उर्जा बाहिर निकाल्न सहभागीलाई सहभागीहरूलाई प्रेरित गरिएको थियो । कार्यक्रमलाई नावा, एनआरएनए लगायतका स्थानिय संघ संस्थाहरुले सहयोग गरेका थिए ।

 

स्थानिय रेड्क्लिफ कम्युनिटी सेन्टरमा गत जुन २३ मा सम्पन्न यस कार्यक्रमके संचालन शेखर घिमिरे तथा रम्भिका कार्कीले गरेका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *