अमेरिकास्थित नेपाली राजदूतलाई पत्र


अमेरिकी कानुनी मान्यताप्राप्त पावर अफ एर्टोनीलाई नेपाल सरकारले मान्यता दियोस् ।

महामहिम राजदुतज्यू,

यो नयाँ र यहाँलाई थाहा न भएको कुरो होइन अमेरिकाबासी नेपालहरुको लागि सहजता बनाउनेतर्फ पहल र भएन वा परिणाम आएन मेरो चासो हो ।

अमेरिकामा यहाँको कानुनले दिएको अधिकार प्रयोग गरि गरिने कानुनी प्रक्रिया नोटरी प्रमाणपत्रलाई किन नेपाल सरकारले मान्यता नदिने ? गम्भीर प्रश्न होइन ? कुनै घटना वा बिषयमा कुनैले गल्ति गर्यो भने गल्ति गर्नेलाई दण्डित गर्ने कि त्यसको कारणले बाँकी सबै अन्यलाई समेत दण्डित गर्ने असहजता र अमेरिकी कानुनले तोकेको प्रक्रिया समेतलाई निषेध गर्ने ? सामान्य सकारात्मक सोचाइ राख्न र कार्यान्वयन हुन् नसक्नु दुख लाग्दो होइन ? महामहिमज्यूको जिम्मेवारीको कुरो होइन र ? तपाइँहरु (दुतावास )परराष्ट्र मन्त्रालय देखाउने परराष्ट्र कानुन मन्त्रालय देखाउने तर के कारणले चलिआएको नीति नियम बन्द भयो निषेध भयो ? आज ५ बर्ष हुन् लाग्यो कसैले जिम्मेवारी लिएर जवाफ दिनु नपर्ने ? नेपाली नागरिकले तिरेको तलब भत्ता के को लागि ? यसरि तमासे भएर नै पदावधि बिताउने यो गम्भीर प्रश्न होइन महामहिमज्यू ?

यहाँको आगमनको सुरु हफ्तामा नै मैले निम्न अनुसारको आप्रवासी नेपालीहरुको समस्या समाधानगरी कर्तब्य निर्बाह गर्नु हुनेछ भनेर स्मरण अनुरोध गरेको थियो सुनुवाई भएन ।

महामहिमज्यूलाई अमेरिकाबासी नेपालीको आर्थिक ब्यबहारिक पीडालाई सहज बनाएर स्यावासी लिउ भन्ने सोच न आएको नै हो र ?

महामहिमज्यू,

-तत्काल पूर्ववत् अमेरिकी कानुनले निर्देशन गरेको नोटरी प्रमाणिकरणलाई मान्यता दिएर क्यालिफोर्निया लगायतका राज्यहरुबाट राहदानी ,पावर अफ अटोर्नीको लागि शसरीर दुतावास आउनु पर्ने अब्यबहरिक र खर्चिलो नीति हटाइयोस ।

हक लाग्ने सपरिवार शसरीरर क्यालिफोर्नियादेखि डिसीमा आउन कति खर्च लाग्छ ? सोच्नु भएको छ ? राहदानीको लागि शसरीर आउन लाग्ने खर्चको अनुमान गर्नुस त् के यो अन्याय गरेको होइन राज्यले आफ्ना नागरिकप्रति ?

स्मरण गराउछु ताप्लेजुंगको आधा रोपनी जग्गा त्यहाँ बस्ने भाइलाई दिनु पर्दा यहाँ बस्ने अन्य ३ दाजु भाइ श्रीमती बच्चा जसको अधिकार लाग्छु तिनीहरु पावर अफ अटोर्नी बनाउन सबै आउनु पर्दा कति समय खर्च लाग्छ ? भनेको बेलामा छुट्टी मिल्छ ?

५ हजार देखि १ हजार डलरसम्म खर्च गरेर राहदानी बनाउन सशरीर उपस्थित हुनु पर्ने नियम के अमानविय होइन ? सबैको सामर्थ्य हुन्छ ?

बिस्वको सबै देशले र नेपालले पनि ४/५ बर्ष सम्म मान्यता दिएको नोटरी प्रमाणिकरणलाई मान्यता नदिनु अमेरिकी कानुनलाई अविस्वास वा अस्विकार गरेको होइन ? के अब अमेरिकी सरकारको ढोकामा आप्रवासी नेपाली जानु पर्ने हो ?

अन्य राज्यबाट आउनु पर्ने एकल महिला वा बालबच्चाको लागि कति दुख कष्ट पर्छ राहदानी वा पावर अफ अर्टोनी बनाउन आउन एक पटक सोच्नु भएको छ ? स्कुल कलेज काम छोडेर आउनु पर्दा कति असहजता हुन्छ ? बिबेक प्रयोग गर्नु भएको छ ?

थप जानकारीको लागि परराष्ट्रले यो पीडा महसुस गरे पनि कानुन मन्त्रालय देखाउने र कानुन मन्त्रालय उफ्फ़ मन्त्रीले सचिबलाई सचिबले अर्को सहसचिब लाइ देखाएर काम गर्दैनन् अनि मन्त्रि सचिब सहसचिवको घरि घरि सरुवा आतंक …..तसर्थ महामहिमज्यूले नै सक्रियता देखाएर अब्यहरिक अमानविय नीतिलाई खारेज गरि सहजता प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएको छु यहाँको यो कदमको समर्थनमा संघ-सस्था संचारमाध्यम सबैको पूर्ण सहयोग पुग्नेछ ।
बिनित
शेखर ढुंगेल
नासुवा न्युहेम्प्सर, अमेरिका

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *