अन्तरमनकॊ जिज्ञासा

विज्ञानले परिक्षण गर्नै बाँकी
प्रयोगशालाभन्दा पर
पराभौतिक विषयहरु
आफ्नै
खालि आकाश
जहाँ
जीवनका रूपरेखा
तयार हुनेगर्छन्
आत्माविश्वास
जागेर आउँछन।
तिम्रो
त्यो स्वभावको
अनुभव,
अन्दाज भएको भए,
हामीले
जानेकोभन्दा
देखेकोभन्दा पर
अरु केहि बाँकि छ भनेर
सोच्न सकेको भए,
जीवन
कति विराट हुनेथियो होला !
हृदय
कति फराकिलो हुनेथियो होला !
मानव अस्तित्वको जागरणको
शंखध्वनिले
उनको यो लीला
सफल हुने थियो होला
सेवा दिएर
कहिल्यै नथाक्ने
ऊ
हाम्रो
कृतज्ञता पाएर
अथाह
आनिन्दत हुनेथियो होला।
One Comment

Wa wa so nice