आदिकवि भानुभक्तको सम्झना

नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०६ औं जयन्तीका सन्दर्भमा संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित नेपाली साहित्य समाज, अन्तराष्ट्र्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा यही जुलाई ७ का दिन यहाँ एक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको पहिलो सत्रमा ५ देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरूबीच “दशैं” विषयक बकृत्वकला प्रतियोगिता भएको थियो । डा. नारायण राजभण्डारी, डा.ऋषि बस्ताकोटी र इश्वर देबकोटाको निर्णायक रहेको उक्त प्रतियोगितामा ५ देखि ६ वर्ष उमेर समुहबाट बिभुषा गौतम, प्रथम, सुप्रिम तिमल्सिना द्वितिय र नेरिका प्रधान त्तृतिय तथा ७ देखि ८ वर्ष उमेर समुहबाट श्रेया ढकाल प्रथम, सुभम ढुंगेल द्वितिय र सौरभ नेपाल त्तृतिय भएका थिए । त्यस्तै ९ देखि ११ वर्ष उमेर समुहबाट निर्बिरोध तिमल्सिना प्रथम, सौर्यभी ढकाल द्वितिय र अन्बेषण अधिकारी त्तृतिय भएका थिए भने १२ देखि १५ वर्ष उमेर समुहबाट सम्पदा आचार्य प्रथम, सुहानी ढुंगेल द्वितिय र सगुन आचार्य त्तृतिय भएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सम्पन्न खुल्ला कविता वाचनमा निर्मला राजभण्डारी, सुजाता ढुंगेल,नारायण राजभण्डारी, नन्दलाल सुबेदी, इश्वर देबकोटा, नम्रता गुरागाईं र शिखर दुलालले आ–आफनो कविता वाचन गर्नुभएको थियो । यसै अबसरमा भानुभक्तको भेषमा सहभागी नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिब विक्रम गौतमले भानुभक्तको कान्तीपुरी नगरी कविता पाठ गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिताका विजयीहरुलाइ पुरस्कार र प्रमाणपत्र तथा नेपाली बाल पुस्तकहरु वितरण गरिएको थियो । कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना, डा. सोमनाथ चालिसे र रविन्द्र कार्कीले व्यवस्थापकीय सहयोग गर्नु भएको थियो ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अनेसास नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष शिखर दुलालले अध्यक्षता गर्नु भएको यस कार्यक्रममा समाजका सल्लाहकार डा. नारायण राजभण्डारी,डा.हरिहर भटटराई र इश्वर देबकोटा अतिथीकारुपमा सहभागी हुनुहन्थ्यो ।

कार्यक्रममा आयोजक संस्थाको उपाध्यक्ष नम्रता गुरागाईंले संचालन र स्वागत कोषाध्यक्ष सुजाता ढुंगेलले गर्नु भएको थियो । कार्यक्रममा अतिथी साहित्यकार डा.भट्टराईले भानुभक्तको योगदानमाथि चर्चा गर्नु भएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *