योगमायाधाम सार्वजनिक

योगमायाधाम सार्वजनिक: सामाजिक सुधारका लागि जीवनसमेत बलिदान गर्ने योगमाया नेउपाने र उनका अनुयायी प्रेमनारायण भण्डारीका बारेमा उतम पन्तद्वारा लेखिएको पुस्तक ‘योगमायाधाम’इतिहासकार पुरुषोत्तम शमसेर जबरालगायतका ब्यक्तिहरू यही शुक्रवार सार्बजनिक गर्दै ।

भोजपुर जिल्लाको नेपाले डाँडा मजुवा बेंसीमा विदुषी तथा विद्रोही महिला योगमाया नेउपानेको नेतृत्वमा तत्कालिन सरकारसँग ‘सत्य धर्म भिक्षा’ का नाममा राखेका समाज सुधारका विभिन्न मागहरू पुरा नगरेको भन्दै येगमायासहित ६८ जनाले सरकारलाई चेताउन बिसं १९९८ साल हरिशयनी एकादशीका दिन अरुण नदीमा हाम फालेर जलसमाधी लिएका थिए ।

पन्तले बिसं २०४० को दशकबाट योगमाया र उनका अनुयायीहरूको बिद्रोहका बारेमा अध्ययन अनुसन्धान शुरू गरेका थिए । उनले यस कार्यक्रममा योगमाया केन्द्रित अर्को कृति पनि छिट्टै नै तयार गर्ने बताएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *