गर्व गर्छु

मुटुमा चिसो
हिउँको आभाष
शरिरमा पीडाका भिडहरू
तछाड मछाड गरे
सम्झिए सबै ती खुशीहरू कहॉं गए ?
स्मृतीमा हामीसँगै खित्किंदै हाँसेको
तिम्रो हॉंसोको अट्ठहास
त्यहीं अट्ठहास म मा रोकिएँ !

पक्कै तिमीमा पनि
म नहुनुको आभाष होला
आफुलाई रित्तो रित्तो
पाउँछौ होला
तर अभिमानको रॉंकोमा
हात सेकाउँदै
न्यानोपन जो पाइरहेको छौ
कसरी पो देखाउन सक्थ्यौ र !

म त तिमीलाई नबिर्सनुमा
धेरै गर्व गर्छु
साथ नभएर के भो र
हाम्रो मिठा पलहरू त छन
एक्लो भएर के भो त
हजारौ रमाईला क्षणहरू त छन
आँशु बगेर के भो त
तिम्रो औलाले पुछिदिएका
ति स्पर्स अझ सम्म ताजा छन !

हो बित्दैछन रात
आकाशको जुन हेरेर
तर ति जुनमा पनि
तिम्रै प्रतिबिम्ब देख्छु म
कालो रातमा
तिम्रा उज्यालो अनुहारले
मलाई दियोको प्रकाश दिन्छ
म मगनमस्त रहन्छु
रात बिस्तारै सकिन्छ
बिहानी सुर्यदयको आगमन
सुर्य किरण छर्दै झ्यालको चरचर बाट
जब कोठामा छिर्छन
आहा
म तिम्रो न्यानो बाहुपासको
अनुभुती गर्छु
अंग अंग रोमान्चित हुन्छ
प्रेमको भाव सागरमा
डुब्लुकी मार्दै म
भाव विभोर भएर भकानिन्छु
बस म भकानिन्छु !

Add a Comment

Your email address will not be published. Required fields are marked *