गीत: ए आमै !

ए आमै मेरो ब्यथा सुनी देऊ
समुद्र पारी म एक्लो भएछु
सोच्छौ होला म भोको भएछु
साथी संगतीले देशै बिर्सेछु

सकिन गोधको ऋण चुकाउन
दुःख ले हुर्कायौ बिर्सन सकिन

गह भरी आँसु थामेर
सम्झनामा खेत खन्दै हुन्
मेरी आमा बिरानो गाउँमा
बिजोग होलान् रुँदैमा

सकिन गोधको ऋण चुकाउन
दुःख ले हुर्कायौ बिर्सन सकिन

परदेशी छोरो फर्किने आशमा
अंगेनीमा उनी कुर्दै हुन् की
दाउरा चिरी ठेउला उठाई
मलाइ कति सम्झंदै हुन्

सकिन गोधको ऋण चुकाउन
दुःख ले हुर्कायौ बिर्सन सकिन

4 Comments

Leave a Reply to Archana Cancel reply

Your email address will not be published. Required fields are marked *