कविता प्रतियोगितमा भाग लिन आह्वान
|अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नर्थ क्यारोलााइन च्याप्टर र नर्थ क्यारोलाइन नेपाली साहित्य समाजको सयुंक्त संयोजनमा बाल तथा वयस्क कविता प्रतियोगिता हुने भएको छ ।
विगत वर्षरुमाजस्तै अगष्ट ३० देखि सेप्टेम्बर १ तारिखसम्म Triad Nepalese Community Center (TNCC) को आयोजनामा नर्थ क्यारोलिनाको विन्सटनसेलममा हुने NASeA र ANMA को १५ औं संयुक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज(INLS),NASeA र ANMA को आयोजनामा प्रत्येक वर्ष संचालन हुँदै आइरहेको वाल तथा वयस्क प्रतियोगितात्मक कविता गोष्ठी यो वर्ष पनि हुन लागेको हो ।
उक्त प्रतियोगितात्मक कविता गोष्ठीमा तल लेखिएका नियममा रहेर आ-आफ्ना रचना पठाउन आयोजकहरूले सार्वजनिक आह्वान गरेका छन् ।
आयोजहरुका तर्फबाट सार्वजनिक गरिएको सूचना यस प्रकार छ –
इच्छुक स्रष्टाहरुलाई आफ्ना रचना समयमा पठाउनु हुन अनुरोध गर्नुको साथै कविता पठाउन इच्छुक भाइबैनीहरु (K- 12 Grade) का अविभाबकहरुमा आ-आफ्ना छोराछोरीहरुलाई कविता गोष्ठी प्रतियोगिताको बारेमा जानकारी गराइ सहभागी हुनको लागि विशेष प्रोत्साहन गरिदिनुहुन पनि विनम्रअनुरोध गर्दछौं ।
कार्यक्रममा अप्रतियोगि कविताहरुपनि वाचन गरिने भएकाले स्रष्ठाहरुले आफनो कविता प्रतियोगी हो कि अप्रतियोगि हो खुलाएर पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुनका लागि चाहिने नियमहरु निम्न रहेका छन-
वयस्क प्रतियोगिता:
१) रचना नेपाली भाषामा २०० शब्दमा नबढाइ लेखिएको हुनुपर्दछ ।
२) रचनाको विषयवस्तु नेपाल सम्बन्धी जुनसुकै बिषयमा हुनसक्ने छ ।
३) प्रतियोगितामा सामेल हुन रचनाकार स्वयं उपस्थित भइ आफ्नो रचना वाचन गर्नुपर्नेछ।
४) प्रतियोगी रचना पूर्व प्रतियोगितामा सामेल नभएको तथा पूर्व प्रकाशित नभएको हुनुपर्नेछ।
५) पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कार प्रथम ३ सय, व्दितीय २ यस र तृतीय १ सय डलरसहित सहभागी सबै स्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
बाल प्रतियोगिता:
१) प्रतियोगितामा K – 12 ग्रेड सम्मका भाइबैनीहरुले मात्र भाग लिन पाउनेछन ।
२) रचना नेपाली वा अंग्रेजी जुन भाषामा पनि लेख्न सकिनेछ ।
३) रचना कुनै पनि विषय र शीर्षकमा लेख्न सकिनेछ ।
४) शब्द संख्या न्युनतम ७५ शब्ददेखि बढिमा १५० शब्दसम्मको हुनपर्ने छ ।
५) कविता पठाउँदा आफूले पढिरहेको ग्रेड र उमेर उल्लेख गर्नुपर्ने छ ।
६) प्रतियोगी बाल स्रष्टाले पनि आफैँ उपस्थित भएर आफ्नो रचना वाचन गर्नुपर्ने छ ।
७) प्रतियोगी रचना पूर्व प्रतियोगितामा सामेल नभएको तथा पूर्व प्रकाशित नभएको हुनुपर्नेछ।
८) उत्कृष्ट तीन बाल स्रष्टाहरुलाई अमेरिकी डलर ५०(पचास डलर) का दरले पुरस्कार र सहभागी सबै बाल स्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागीहरुले आफनो रचना अगस्ट २५ गते आइतबार ,२०१९ भित्र निम्न इमेल मार्फत पठाउनु पर्नेछ। यसै इमेल मार्फत कुनै थप जानकारी आवश्यक भए सम्पर्क गर्न सक्नुहुनेछ ।
Email: Inlsnorthcarolina@gmail.com
कार्यक्रम हुने मिति सयम र स्थान :
मिति: सेप्टेम्बर १ तारिख आइतबार सन् २०१९
स्थान: विन्सटनसेलम,नर्थ क्यारोलिइन
समय : अपरान्ह १ बजे